कांग्रेस सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफी नमागे र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए संसदमै आमरण अनशन बस्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रचण्डले माफी नमागे गृहमन्त्री श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका हुन्।
‘अहिलेका गृहमन्त्रीले बिनासर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ,’ उनले भने, ‘गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर गर्छु।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको नेतृत्व गरेको आरोपसमेत लगाए। ‘देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरुको नेतृत्व गरिराख्ननुभएको छ किन डेमोक्रेटीकको नेतृत्व गरिराख्नुभएको छ?’ उनले भने, ‘यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने, राजीनामा माग्न पाइँदैन भने हामीजस्ता सभासदलाई बिना पक्राउ पुर्जी एरेस्ट गरिन्छ भने जनताको अवस्था हुन्छ?’