नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा जोडिएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेकोप्रति आपत्ति जनाएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा जोडिएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेकोप्रति आपत्ति जनाएका छन्।
सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यसका कनेक्सन कहाँ छ। टुप्पो टुप्पो मात्रै हेरेर हुँदैन। जरो कहाँ छ। स्पष्ट देखियो तरु २३४ पटक कुनै गिरोहसम्म निरन्तर संवाद कसरी हुन्छ मान्छेको ? यो निष्पक्ष छ। तैपनि सोधपुछ पनि गर्नुपर्दैन। यसरी पनि देश चल्छ ? अनि बाहिर स्टण्ट दिएको छ। गफ दिएको छ। भ्रमपूर्ण प्रचार गरेको छ।’ उनले गृहमन्त्रीले भ्रमपूर्ण प्रचार गराएर स्टण्टमा रमाएको आरोप लगाए।











