अल विदा कमरेड भोजराज ढुंगेल ! (फाटोसहित)

कमरेड भोजराज ढुंगेललाई आफ्ना दुई छोरी सिर्जना र संझनाले अन्तिम श्रद्वाञ्जलीसहित मुख हेरेर आफ्ना बुबालाई सदाका लागि विदा गर्नुभयो ।
उहाँको पार्थिक शरीरमा नेकपा (एमाले) केन्द्रीय सल्लाकार परिषद अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली दिनुभयो । श्रद्धाञ्जली सभामा बोल्दै पोलीटव्यूरो सदस्य आनन्द पोखरेल, केन्द्रीय सदस्यहरु मनोजजंग थापा, कैलाश ढुङगेल, निरु दर्लामी, सुभास देवकोटा, केन्द्रीय अनुशासन आयोकी सदस्य माननी रणकुमारी बलम्पाकी मगर केन्द्रीय सल्लाकारहरु कमल दाहाल र प्रदेश कमिटी सदस्यहरु बिनोद खडका, हेमबहादुर लामाले उहाँले देखाएको बाटोलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेत अर्जुन प्रधान सम्पर्क समन्वय कमिटीका सदस्य ध्रुव श्रेष्ठ, उदय सुनुवारलगायतले अन्तिम श्रद्वाञ्जली अर्पण गर्नुभएको हो । व्यक्तिगत जीवनलाई भन्दा नेपाल, नेपाली र गरिखाने श्रमजीवी वर्गको भविश्यको चिन्ता गरिरहने प्यारो नेताको निधनले सिन्धुली एमालेलाई अपुरणीय क्षति पुगेको नेताहरुले बताएका थिए ।

May be an image of 1 person and text

कम्युनिष्ट पार्टीमा निष्ठा र सादकी व्यक्तिका रुपमा परिचित ढुंगेलले आफ्नो सम्पूर्ण जीवन नेकपा (एमाले) मा सर्मपण गर्नुभएको थियो । पार्टीले सञ्चालन गरेका हरेक आन्दोलनमा सहभागी भइरहने र पार्टीलाई अप्ठ्यारो पर्दा सत्य र न्यायको पक्षमा उभिनुहुने ढुंगेल २०५४ सालमा होस् वा २०७७ सालमा एउटा कुशल अभिभावकका रुपमा सिन्धुलीमा स्थापित नेता हुनुहुन्थ्यो ।
मेरो देशको लागि मैले के गर्दा सहयोग हुन्छ, त्यही गर्न तयार छु, भन्दा भन्दै आज उहाँ हामी बिच रहनु भएन् । मृत्युवरण पश्चात पनि मेरो पार्थिव शरीर खरानी हुनु भन्दा पहिले अध्ययन गर्ने किताव वनोस् भनेर शिक्षण अस्पताल महारजगञ्ज काठमाडौलाई जिवित छँदै दान गर्नु भएका ढगेलबाट नेपालका कम्युनिष्टहरुले पाठ सिक्नुपर्ने देखिएको छ । सिन्धुली काठमाडौ सम्पर्क मञ्चद्धारा आयोजित कार्यक्रमका बीच उहाँको पार्थिव शरीरलाई त्रिवी शिक्षण अस्पतालले बुझिसकेको छ । केन्द्रीय सल्लाहकार परिषद सदस्य, सम्पर्क मञ्चका अविभावक क. भोजराज ढुंगेल प्रति हार्दिक श्रद्धाञ्जली शोकाकुल परिवारजनमा गहिरो समवेंदना ।
धनवहादुर पुलामी

May be an image of 7 people and temple
May be an image of 6 people and temple
May be an image of 8 people and dais
May be an image of 9 people and hospital