मेरो पार्टी र नेतृत्वको बदनाम गर्ने कार्य निरन्तर रहेमा यो आक्रोश बदलामा परिणत हुन समय लाग्दैन: एमाले उपाध्यक्ष कर्ण घिसिङ

आफ्नै कार्यालयमा विशेष कुराकानी गर्दै नेकपाका युवा नेता घिसिङ । फोटोः प्रदेशखबर

नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले माओवादी केन्द्रका पोटिव्यूरो सदस्य एवम् प्रतिनिधीसभा सदस्य लेखनाथ दाहाल राजनको अभिव्यक्तिलाई लिएर कडा आपत्ती जनाएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत बुधवार साँझ नेता दाहालले पशुपतिनाथ मन्दिरमा तत्कालिन सरकारले लगाएको सुनको जलहरी प्रकरणमा एमाले अध्यक्ष ओलीलाई पटक पटक बद्नाम गराएको भन्दै आपत्ती प्रकट गरेका हुन् । उनले कहिले जहरी प्रकरणमा भ्रष्टाचार गरे भन्ने र त्यो पुष्टि नभएपछि अहिले नाम लेखियो भनेर अर्को बितण्डा मच्चाउने काम गरेको भन्दै आक्रोस बदलामा परिणत हुन बेर नलाग्ने बताएका छन् ।

स्मरणीय छः माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज समेत रहेका सांस्द दाहालले जलहरीमा एमाले अध्यक्ष ओली लगायतको नाम लेखिएको विषयमा मिडिया र सामाजिक सञ्जालमा कडा आपत्ती जनाएका थिए ।
उपाध्यक्ष घिसिङको स्टाटस जस्ताको तस्तैः

सिन्धुली जिल्लाका सांसद लेखनाथ दाहाल उर्फ राजनले पशुपती नाथको जलहरी प्रकरणमा सुन भनेर पित्तल लगाइयो भन्दै सुरुमा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको बदनाम गराउने पहिलो उद्देश्य र धार्मिक र साँस्कृतिक बितण्डा मच्चाउने दोस्रो उद्देश्य बोकेर निरंतर प्रहार गरिरहेको प्रती मेरो गहिरो ध्यानाकर्षण भयो र त्यतीबेलै खबरदारी गरें। अहिले नाम लेखियो भन्दै अर्को बितण्डा मच्चाई हाम्रो पार्टीका अध्यक्ष माथीनै नाङ्गो प्रहारगर्दै हिंडेको देख्दा मनमा गहिरो आबेग उठेको छ । सिङ्गो एमाले माथीको प्रहार तत्काल बन्द गर । राजनीति पेसा हैन । एउटा नेताले मरणोपरान्त प्राप्ती गर्ने एउटा नाम मात्र हो । आम नेताले जे गर्नुभयो हाम्रो अध्यक्षले गरेको काममा त्यही एउटा नाम राख्नु अपराध हो ? नाम राखेको बिषयमा जसरी स्यालहुइयाँ मच्चाएर मेरो पार्टी र नेतृत्वको बदनाम गर्ने कार्य निरन्तर रहेमा यो आक्रोश बदलामा परिणत हुन समय लाग्दैन । जिल्लामा हुने कार्यक्रमको प्रमुख अतिथी बन्न केही पालित प्रयोग गरेर मार्केटिङ गर्ने । प्रमुख अतिथि नबनाए कार्यक्रम भाँड्ने, हुन नदिने हर्कत हाम्रो सुचनामा छ । सिलालेखमा नाम नभई नहुने नभए अरुको राख्नै नदिने कुरा पनि सुनेका र बुझेका छौं। यो स्टन्टबाजीका कुरा नबुझ्ने एमालेजन छैनन् । यो अन्तिम गर्दा राम्रो हुन्छ । यो अती भयो ।