फरक अनूभूति: सिन्धुली जिल्ला अस्पतालको बसाईपछि कमलामाई नगरपालिकाका पूर्व मेयर खड्गवहादुर खत्री भन्छन्ः शिक्षित जनशक्तिबाट सुन्नै नसकिने बचनहरु निस्किए !

नगरप्रमुख खड्गवहादुर खत्री । फोटोः प्रदेशखवर

म बिहान ७ः३० बजे तिर मेरी आमालाई जँचाउन सिन्धुली अस्पताल पुगेको थिएँ । आमालाई जचाँइ सक्न लागेपछि, एक जना ब्यक्तिले पिठ्युँमा बोकेर एक जना बिरामीलाई इमर्जेन्सी वार्डमा ल्याउनुभयो । उहाँलाई इमर्जेन्सी शैथ्यामा राख्दै गर्दा , बिमारीको अबस्था गम्भीर देखिन्थ्यो । सबै शरीरनैं लराक लुरुक र नाजुक अबस्था देख्दा मैले पनि के रोगको बिरामी कहाँ बाट ल्याउनु भएको हो भनेर सोधपुछ गरें ।
बिरामी , कनपा ६ स्थित धुरा बजार शिरानको हुनुहुँदो रहेछ । उहाँको उमेर २० बर्षको मात्रै रहेछ । उहाँलाई घरमै करेन्ट लागेको रहेछ । आमा आउँदै हुनुहुदो रहेछ र उहाँको बुबा बैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा हुनुहुदो रहेछ ।
अस्पतालमा ल्याए लगत्तै सिन्धुली अस्पतालका डाक्टरहरुको टिमले उपचार सुरु गरिहाल्यो । उहाँको उपचार निरन्तर चलिरहेकै थियो । तर त्यतिकैमा रुवाबासी चल्यो । म पनि एक्कासि भएको रुवाबासिले भाबुक भएँ । तर डाक्टरहरु न आत्तिकन निरन्तर उपचारमा लागि रहनु भएको थियो । बिरामीको सबै अबस्थाको जाँच गरेपछि , १० बजे हेलिकप्टर मगाउनुस् भन्ने कुरा आयो । अत्यन्तै गम्भीर अबस्थाको बिरामी भएपनि डाक्टरहरु आशाबादी रुपमा लागिरहनु भएको थियो ।
हेलिकप्टर खोज्न , प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, जिल्ला अस्पतालका अध्यक्ष मेसु , लगायतको समन्वयमा हेलिको खोजीभयो, हेलि मगाउन पहल गरियो तर आउन अलि ढिला भयो ।
त्यो बिचमा हामी अलिकति संकटमा भयौं , किन ढिला, हाम्रो बिमारी लाई केही होला , भन्ने आक्रोशको अभिव्यक्तिहरु पनि सुनियो ।
बास्तबमा हेलि हाम्रो पहुँच भन्दा निकै टाढाको , स्वास्थ प्रबिधी जडान र संगै स्वास्थकर्मीको टोलि आउनु पर्ने , फेरि काठमाडौबाट आउनुपर्नेमा पहल पनि भइनैंं रहेको थियो ।
सबै निकाय अत्यन्तै तदारुकताका साथ लाग्नु भएको थियो । प्रशासन सबै हिसाबले लागिरहेको थियो। तर कस्तो निस्ठुरी मनहरु भएछन् कि, सबै क्षेत्रबाट निरन्तर लाग्दा लाग्दै पनि सुख पाइएन । अझ समाजका शिक्षित जनशक्तिबाट सुन्नै नसकिने बचनहरु निस्किए, त्यस्तो आउँदा निकै नराम्रो लाग्दो रहेछ ।
अलि पछि १२ः ३५ मा हेलि आयो । काठमाडौ पनि बिरामी पुर्याउन सफल भयौं। काठमाडौको हेम्स अस्पतालमा आइसियुमा राखेर बिरामीको उपचार भइरहेको छ । अहिलेसम्म बिरामीको अबस्था ठिक छ । फोन गरेर बिरामिको जानकारी लिइ नैं रहेको छु ।
बिरामीको पुर्ण स्वास्थ लाभको कामना गर्दछु।
अन्त्यमा उपचारको लागि र बिरामीलाई काठमाडौ पठाउन लाग्नुहुने प्रशासन , सुरक्षा निकाय , अस्पताल परिवार लगायत सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।