कालोबजारीका लागि काठमाडौ तर्फ लगिएको युरिया मल सुनकोशीका किसानद्धारा मध्यराती बितरण, प्रहरी चौकीका इन्चार्ज तानिए !

सुनकोशी: अबैध रुपमा कालोबजारीका लागि विपि राजमार्ग हुँदै अन्यत्र लैजान पल्टीगर्दै गरेको अबस्थामा रहेको सरकारी अनुदानको ७४ बोरा रासायनिक युरिया मल सुनकोसी गाउँपालिका ३ का स्थानीय कृषकहरुले विपी राजमार्गको गणेशथानबाट लगेकाछन् । तर स्थानीयका नुसारसर्लाहीबाट वाग्मती प्रदेश ००३– ००१–ख १६०० नम्बरको मिनीट्रकमा एक सय बोरा युरिया मल अवैध रुपमा ल्याएर अर्को गाडीमा सार्दै गर्दा सोमवार राती १२ बजेको समयमा स्थानीयले अनुदानको मल भन्ने थाहा पाएपछि हारालुछगर्दै लगेका थिए । उनीहरुले आफुलाई आवश्यक पर्ने एक एक वोरा लिएर गएको स्थानीयले सन्देश जनप्रियलाई बताए ।
सुनकोशी गाउँपालिका वडा नं. ३ का अध्यक्ष चन्द्र श्रेष्ठका अनुसार अवैध मल आएको थाहा पाएर किसानले नियन्त्रणमा लिई ७४ बोरा लगेको भन्दै एक व्यापारीले प्रहरी चौकीमा लिखित उजुरी गरेको बताए । उनले रातको समय भएकाले व्यापारीले दावी गरे अनुसारको युरिया मल किसानले लगे वा लगेनन् भन्ने कुरा कही कतै नखुलेको बताए । खेतमा काम गरिरहेका किसानहरु पानी परेर घर फर्कने क्रममा मल अर्को गाडीमा पल्टी गरेको देखेको र वोरामा अनुदानको मल लेखिएको चाल पाएपछि अवैध बिक्री वितरण हुन लागेको भन्दै एक–एक बोरा लगेको प्राप्त बिबरणमा उल्लेख छ । मल किसानहरुले लगेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय खर्कोटको प्रहरी टोलीले रातमाटा प्रहरी चौकीलाई खबर गरेको थियो । किसानहरुले व्यापारीले दाबी गरेजस्तो मात्रामा मल नलगेको एक स्थानीयले बताए । घटना स्थल पुगेको प्रहरीले २६ बोरा युरिया मल र मिनीट्रकलाई आफ्नो नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय खुर्कोट बुझाएको थियो ।
सिन्धुली प्रहरीले मल प्रकरणलाई लिएर रातमाटा प्रहरी चौकीका इन्चार्ज र प्रहरी हवल्दारलाई मंगलवार मध्यान्ह जिल्ला प्रहरी कार्यालयमा तानेको छ । प्रहरीले सो कुरालाई सार्वजनिक गरेको छैन । रातमाटा प्रहरी चौकीका इन्चार्ज अनिल सिंह थिए ।

यसैबीच सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले नेपाली मल निर्वाध रुपमा ओसार पसार गर्न दिएको र कहिं कतै रोक्ने नगरेको भन्दै नियन्त्रणमा लिएको मल र ट्रकसहित आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पठाइने बताए । उनले इप्रका खुर्कोटले घटनाको अनुसन्धान गरिरहेकाले थप बिबरण बुझ्न उतै फोन गर्न सुझाएका थिए ।
किसानले लगेको मलसमेत फिर्ता ल्याउनका लागि सुनकोशी प्रहरी चौकीलाई इप्रका खुर्कोटले दबाब दिएको थाहा लागेको छ । कृषि सामग्री कम्पनी सिन्धुलीका अनुसार अनुदानको मल युरिया प्रतिबोरा ८४७ रुपैयाँमा पाउने अनुदानको मललाई अवैध कारोबारीले २१ सय रुपैयाँ प्रतिबोरा बिक्री गर्दैआएका छन् । फोटोः प्रहरी: सन्देश जनप्रिय साप्ताहिकबाट