बाल सञ्जालको अध्यक्षमा अन्जली

तिनपाटन गाउँपालिका ११ मा सोमबार वडा स्तरीय वाल सञ्जाल गठन गरिएको छ । अन्जली पहाडीको अध्यक्षता मा ९ सदस्यीय  बाल सञ्जाल गठन गरिएको हो । वडामा रहेका क्लबहरूको अध्यक्ष ,सचिव ,कोषाध्यक्षको उपस्थित सञ्जाल गठन गरिएको छ ।
११ नम्बर वडाको आयोजन, तिनपाटन  गाउँपालिका,  रिलिफ नेपाल र वल्ड भिजन इन्टरनेशनल नेपाल  आर्थिक तथा प्राविधिक सहयोगमा सञ्जाल गठन गरिएको हो । कार्यक्रम मार्फत क्लबका पदाधिकारी लाई काम कर्तव्य अधिकारका बारेमा जानकारी गराइएको छ ।


आ.व.२०८०÷०८१ को योजना तर्जुमा प्रक्रिया अन्तर्गत बाल भेला भयको बताइएको छ । स्थानीय तहको योजना प्रक्रिया मा बालबालिकाको अर्थपूर्ण सहभागिता हुने बालबालिकाहरूले आफ्नो वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गर्न सक्ने, उनीहरूको आवाज सम्बन्धित तहको योजना प्रक्रियामा समावेश गरिने तथा स्थानीय तहको योजना तथा कार्यक्रमहरू बालबालिका केन्द्रित बनाउन सहयोग पुग्ने अपेक्षा राखी  बाल भेला आयोजना गरिएको  रिलिफ नेपालका  शान्ति बरालले जानकारी दिनुभयो ।


बाल भेला बाट आयको योजना   वडा को  आउँदा बजेटमा  समावेश गरिने प्रतिबद्धता  वडा अध्यक्षले गर्नु  भयको छ   बाल भेला को सहजीकरण  र सम्पूर्ण बालबालिका लाई धन्यवाद  दिई  मङ्सिर ४ सम्म मा ११ नम्बर वडा लाई बाल मैत्री बनाउन लक्ष्य लिएको हुँदा यश कार्यमा  बालबालिकाको ठुलो भूमिका हुने हुँदा बाल क्लब को भाइ बैनीलाई जागरूक पनि गराउनु भयको छ ।


वडा अध्यक्ष तिलक बहादुर बस्नेतको अध्यक्षता गाउँपालिकामा कार्यरत शाखा अधिकृत गिरिको प्रमुख अतिथिमा भयको थियो । रिलिफ नेपालका शान्ति बरालले बाल भेला लाई सहजीकरण गर्नु भयको थियो ।