वडाध्यक्षको ट्याक्टरले वालकलाई किच्यो, चलाक भगाइयो

सिन्धुलीको कमलामाई नगरपालिकामा बुधवार ट्रयाक्टर दुर्घटना हुँदा एक वालकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका २ स्थित बोहोरेमा ट्रयाक्टरको इन्जिनले किच्दा सोहि ठाउँका १५ वर्षिय वालक लक्ष्मण विश्वकर्माको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीगढीतर्फ जादैँ गरेको ज १ त ९९४१ नम्बरको ट्रायक्टरको ट्रलि र इन्जिनको बिचको भाग भाँचिदा दुर्घटना भएको प्रहरीले जानकारीको भनाई छ । ट्रयाक्टरका चालक १८ वर्षिया मानबहादुर विक भने फरार रहेको प्रहरीले बताएको छ ।
उनको खोजी कार्य तिव्र पारिएको सिन्धुली प्रहरीले जानकारी दिएको छ । साथै, मृतकको शव पोष्टमार्टमाका लागि बुधबारनैं जिल्ला अस्पताल सिन्धुली ल्याईएको छ । प्रहरी स्रोतका अनुसार सो ट्याक्टर कमलामाई नगरपालिकाका एक निर्वार्चित वडाध्यक्षको हो । ती वडाध्यक्षले मृतक वालकको परिवारलाई रकम दिने सहमति गराएर घटनालाई सहज बनाएको एक स्थानीयले बताएका छन् । समाचार स्रोत अगाडि भन्छः उनै वडाध्यक्षको सहयोगमा ट्रायक्टर चालकलाई गायव बनाइएको हो । ट्रायक्टर चालकसँग सवारी चालक अनुमति पत्र थिएन । स्मरणीय छः सिन्धुली प्रहरीले सवारी धनीको नाम भने गोप्य राखेको छ ।