तिनपाटन ५ मा वडा स्तरिय बाल भेला सम्पन्न

लाम्पनटारः तिनपाटन गाउपालिका ५ मा वडा बाल सन्जालको सम्पन्न भएको छ । बाल सन्जालका अध्यक्ष सागर बुर्जा मगर र वडा अध्यक्ष भुपाल सिह तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
वडाका बाल क्लबका प्रतिनिधि र बालबालिकाको उपस्थितमा आ.व.२०८०र०८१ को योजना तर्जुमा प्रक्रिया अन्तर्गत बाल भेलाको आयोजना गरिएको हो ।
स्थानीय तहको योजना प्रक्रियमा बालबालिकाको अर्थपूर्ण सहभागिता, आफ्नो वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गर्न सक्ने, उनीहरुको आवाज सम्बन्धित तहको योजना प्रक्रियामा समावेश गरिने तथा स्थानीय तहको योजना तथा कार्यक्रमहरु बालबालिका केन्द्रित बनाउन सहयोग पुग्ने अपेक्षा राखी बाल भेला आयोजना गरिएको आयोजक संस्था रिलिफ नेपालले जनाएको छ । बाल भेलाबाट आएको योजना वडाको आउदो बजेटमा समाबेश गरिने वडा अध्यक्ष तामाङले प्रतिवद्धता जनाएका छन् । बाल भेलाको सहजिकरण रिलिफ नेपालका सहज्कर्ता शान्ती बरालले गरेका थिए ।