आक्रमणका दिन सिन्धुली अस्पतालबाट डिस्चार्ज गरिएका १३ बर्षिय बालक मंगलवहादुरको रकम अभावमा भएन गोडाको अपरेशन !

मंगलवहादुर मगर (१३ वर्ष) बायाँ गोडाको अपरेशन गर्नका लागि डाक्टरले १० जेठको समय दिएका थिए, तर उनी बसेको मेडिकल वार्डमा सोही दिन बिहान ११ नबज्दै ढुंगा बर्सियो । डाक्टरको पर्खाइमा बसेका मंगलवहादुुर मात्रै होइन आधा दर्जन बढी बिरामी र कुरुवाहरुको भाग दौड मच्चियो । कुनामा बसेका उनलाई डाक्टर श्रेया थापाले अन्यत्र अस्पतालमा जानु भन्दै डिस्चार्ज गरिदिइन् ।
गएको जेठ ४ गते बायाँ गोडा भाँचिएपछि उपचारका लागि भर्ना भएका तीनपाटन गाउँपालिका वडा नं. ८ महभीर निवासी मंगलवहादुर अहिले कमलामाई ६ माझीटारमा बसेर डाक्टरले अपरेशन गरिदिन्छन् भनेर पर्खिरहेका छन् । उनको गोडाको अपरेशनपछि स्टिल राख्नु पर्छ भनेर सिन्धुली अस्पतालका डाक्टर सविर खड्काले लेखेका छन् तर उनको अपरेशनको अहिलेसम्म कुनै अत्तो पत्तो छैन ।
कक्षाः ५ मा पढ्दै गरेका उनी माझीटारमा आफन्तजनको घरमा भेटिएका थिए । उनलाई डाक्टरले डिस्चार्ज गरेको एउटा पेपर दिएको छ तर त्यहाँ मलाई अस्पतालबाट निकालिएको हो भन्नेकुरा थाहासम्म पनि छैन, मात्रै थाहा छ केबल, अहिले अस्पताल तोडफोड भएको छ, डाक्टरले काम गरेका छैनन, त्यही कारणले मेरो गोडाको अपरेशन भएन, केही दिनपछि त अपरेशन हुन्छ ।
एविसिडी मात्रै खुट्याउन सक्ने मंगलवहादुरको बाबुको हातमा सिन्धुली अस्पतालकी महिला डाक्टरले थमाएको डिस्चार्ज पेपर अन्यत्र अस्पतालमा जानका लागि दिइएको हो भन्ने कुरा थाहै रहेनछ ।
शुक्रवार मध्यान्ह प्रदेशखबरसँग भनेः डाक्टरले अपरेशनका लागि ५० हजार रुपैयाँ लाग्छ भनेको छ, मेरो बाबा आमाले त्यति धेरै रकम जुटाउन सक्नु हुन्न । यति कुरा गरिरहँदा ओछ्यानमा बायाँ गोडमा डोरिले तानेर राखिएका उनको आँखामा आँशु टिल्पिलाइरहेका थिए । सर मलाई उपचार गर्नका लागि सहयोग गर्नु प¥यो । बाबा र आमासँग अन्यत्र अस्पताल लैजाने पैसा नभएको र केही रकम भए उपचारका लागि जान सकिन्थ्यो उनले भने ।

गएको जेठ ४ गते विहान महभीर स्थित आफ्नै वारीमा ढुकुर लखेट्ने क्रममा कान्लामाथिबाट झरेर उनको बायाँ गोडा भाँच्चिएको थियो । सोही साँझ सिन्धुली अस्पताल भर्ना भएका उनलाई प्रारंभिक चेकजाँच पछि अपेरशन गर्न डाक्टरले सुझाएका थिए ।
गरिव तथा असहायको निःशुल्क स्वास्थ्य उपचार हुन्छ भन्ने सुनेका बाबु चित्रवहादुर मगर (४८) ले जिल्लाको ठूलो अस्पतालमा पुगेपछि छोराको सजिलै उपचार हुन्छ भन्ने सोचेका रहेछन् तर जब डाक्टरले गोडामा स्टिल राख्नु पर्छ त्यसका लागि ५० हजार रुपैयाँ लाग्छ भनिदिएपछि भने उनी छाँगोबाट खसेजस्तै भए ।
‘यति धेरै रकम हामीले कहाँ बाट ल्याउने ?’ मंगलवहादुरकी आमा गिता मगर (४०) ले भनिन् । हाम्रो गाउँपालिका अध्यक्ष पनि मगरनैं थिएँ, मेरो छोराको अपरेशन गर्ने पैसा नभएको कुरा उहाँलाई सुनाउन पाए केही सहयोग हुन्थ्यो कि ? उनले प्रदेशखबरसँग भनिन् ।
सिन्धुली अस्पतालमा डाक्टरहरु काममा फर्किइसकेका छन् भन्ने गाईगुई सुनेकी गिताले आफ्नो छोराको सिन्धुली जिल्ला अस्पतालमैं अपरेशन गर्न र गराउनका लागि सबैसँग सहयोगको याचना पनि गरिन् । तर उनको सहयोगको याचनालाई कसले पुरा गरिदिन्छन् भन्ने कुरा उनलाई पनि थाहा छैन ।

No description available.
No description available.
No description available.