विद्यालय शिक्षाको सुधारका लागि सबै लाग्नुपर्छः घलान

हेटौंडाः मकवानपुरको हेटौंडा स्थित फेमकोल एकेडेमीले १५ औ अभिभावक भेला सम्पन्न गरेको छ । हेटौंडा १३ पदमपोखरीमा भएको कार्यक्रममा विद्यार्थीहरुले अग्नि नियन्त्रणको उपायदेखि विभिन्न आकर्षक प्रस्तुत गरेका थिए ।
भेलाले सप्ताहव्यापि रुपमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललिल घलानले प्रमुख अतिथिको रुपमा बोल्दै शिक्षा क्षेत्रको सुधारको लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यालय सञ्चालकहरु मात्रै लागि परेर सुधार नहुने बताए ।

No description available.

शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यालय सञ्चालकहरुसँगै स्वयम् अभिभावकले चासो राख्नुपर्ने उनले बताए । समयको माग अनुसारको परिवर्तित शिक्षण सिकाइबारे शिक्षकहरु अपडेट हुने र अभिभावकहरुले पनि आफ्ना नानीबाबुहरुको पढाईप्रति जिज्ञासु हुनु पर्ने सुझाव दिए ।
कार्यक्रमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्णप्रसाद घिमिरले पछिल्लो समय प्राविधिक र सिपमूलक शिक्षाको आवश्यकता बढेकाले यस तर्फ सबैले चासो दिनुपर्ने बताए । अभिभावकले पनि शिक्षक तथा आफ्ना बालबालिकाको अनुगमन गर्नुपर्ने दायित्व रहेको घिमिरेले बताए ।
वडा नं. १३ का अध्यक्ष पेम्बा लामाले बालबालिकाको सिकाइमा सक्रियता चाखलाग्दो रहेको बताए । निजी विद्यालयहरुमा हुने आर्थिक लगानीलाई हेरेर शिक्षामा सम्झौता गर्न नहुने उनले बताए ।
एकेडेमीमा हाल ६५० विद्यार्थी अध्ययनरत रहेको संस्थापक प्रिन्सिपल केशव मुडवरीले बताए । भेला विद्यालय व्यवस्थापन समिति अध्यक्ष बगानसिं थिङ्गको अध्यक्षतामा भएको थियो । भेलामा विद्यालय बिषय शिक्षकलाई सम्मान गरिएको थियो ।

No description available.

कार्यक्रममा महिला मिलन बचत तथा ऋण सहकारी संस्था अध्यक्ष बिष्णुमायाँ स्याङ्बो, प्याब्सनका विनोद सुबेदी तथा महेन्द्र माबिका सहायक प्रिन्सिपल अमर उप्रेतीले बालबालिकालाई प्रबिधिको नाममा अनलाइनमा सहभागी हुँदा आईपर्न सक्ने समस्या प्रति अभिभावक र शिक्षकहरु सचेत रहन आग्रह गरेका थिए ।

No description available.