संरक्षकनैं मारिएपछि परिवारै बिचल्ली !


जंगली हात्तिको आतंकबाट पिडित बनेका रानीवास क्षेत्रका स्थानीयहरू कुन कसको ज्याज जाने हो भनेर त्रसित बनिरहेका छन् । घरमा सुतिरहेका एक स्थानीयलाई जंगल हात्तीले टिपेर फालेपछि भएको मृत्युलाई नजिकबाट नियालीरहेका स्थानीय वासिन्दा राती आफ्नै घरमा आउने हो कि ? भन्दै त्रसित बनिरहेको कमलामाई नगरपालिका वडा नं. १३ का स्थानीय वासिन्दा राधा राउतले बताउनुभयो ।
उहाँले जंगली हात्तीबाट निधन भएको परिवारको दुःखमा स्थानीय वासिन्दाले पनि साथ दिएको बताउँदै उहाँले शोकलाई शक्तिमा बदल्न र हात्तिबाट हुने मानवीय क्षति रोक्नका लागि स्थानीय प्रशासन, डिभिजन बन कार्यालय र निकुञ्ज प्रशासनलाई सबैले दबाब दिनुपर्ने माग गर्नुभयो ।
हात्ति भगाउनका लागि निकुञ्ज प्रशासनको टोलीले इन्जेक्सन प्रयोग गरेपनि स्थानीय बासिन्दामा डर त्रास कायमै रहेको र उनीहरु रातभर जाग्राम बस्नु परेको बताउँदै कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले स्थानीयमा भएको डर त्रास कम गराउने कामहरु गर्न सरोकारावाला निकायको ध्यानाकर्षण गराउनुभएको थियो ।
मृतकको दुई छोरा छोरी नावालक छन् । १० वर्षका छोरा सविन र ८ वर्षकी छोरी सविना अहिले आफ्नो घरको मुख्य सहारा गुमाएको पिडामा टोलाएर बसिरहेका छन् । मदन भण्डारी राजमार्गमा मजदुरी काम गर्दै आउनुभएका (सरसफाई) दण्डपाणी पौडेल आफ्नो मात्रै होइन भाईको परिवारको पनि संरक्षक हुनुहुन्थ्यो । भाई पनि अपांग र हिंडडुल गर्न सक्नुहुन्न भने भतिजी पनि अपांग छिन् । भाई पनि थला परेको वर्षों भइसकेको छ भने भतिजीलाई डोहो¥याउँदै विद्यालय लैजाने गरिएको थियो । आफ्नो सहारानैं गुमेपछि भतिजी पनि विद्यालय गएकी छैनन् ।
यस अगाडि जंगली हात्ती नियन्त्रणको माग गर्दै मदनभण्डारी राजमार्ग रानिवास सडक अबरूद्व गरेका थिए । जंगली हात्तिको आक्रमणबाट गएको शनिबार बिहान पौडेलको मृत्यू भएको थियो । मृत्यु पश्चात आक्रोसित बनेका स्थानीयहरूले जंगली हात्तीलाई तत्काल निकुञ्ज क्षेत्रमा स्थानान्तर गरी स्थानीयको जनधनको क्षति रोक्नु पर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखी राजमार्ग अवरुद्ध गरेका थिए ।
हात्तीको व्यवस्थापन गरी सुरक्षाको प्रत्याभूत नभएसम्म सिन्धुली अस्पतालबाट शव समेत नबुझ्ने भन्दै सडक अवरुद्ध गरेका स्थानीयहरुसँग बार्ताका लागी सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गीरी, प्रहरी नायव उपरिक्षक चिन्जीवी दाहाल अबरुद्ध स्थलमा पुग्नुभएको थियो ।
बार्तामा आउदो १६ फाल्गुण भित्र बिज्ञहरू झिकाई जंगली हात्ती ब्यवस्थापन गर्ने उक्त समय सम्म प्रशासनले २४ सै घण्टा सुरक्षा गस्ती गर्ने, मृतकको परिवारलाई राज्यले दिने १० लाख क्षतिपुर्ति १ महिना भित्र उपलब्ध गराउने, मृतकको आफ्न्तलाई रोजगारीको ब्यवस्था गर्ने, कमलामाई वडा नं.१३ र १४ का सबै बिधुत पोलहरूमा तत्काल बत्तिको ब्यवस्थापन गर्ने साथै जंगली हात्तिले नष्ट गरेको कृषकहरूको बालीको उचित क्षतिपुर्ति उपलब्ध गराउने सहमति भएको भएको थियो । तर उक्त सहमती कार्यान्वयन गर्ने प्रक्रिया आरंभ भएको छैन । यस क्षेत्रमा वर्षेनी हात्तीको आतंक कायमै छ र सर्वसाधारणले क्षति व्यहोर्नु परिरहेको छ ।

मेज न्यूजको ब्रेकर
वालवालिकाको सुरक्षा र शिक्षामा ध्यान दिनुपर्छः कार्की
जंगली हात्तिबाट मारिएका दण्डपाणी पौडेलले मदनभण्डारी राजमार्गमा सरसफाई काम गरेपछि पाउने रकमबाट दुबै परिवारको खर्च धानिरहनुभएको थियो, अब उहाँसँग आश्रित परिवारको अबस्था दयनीय बनेको छ, कमलामाई नगरपालिका वडा नंं १३ का वडाध्यक्ष केशरवहादुर कार्कीले सन्देश जनप्रियसँग भन्नुभयो ।
मैंले मृतक पौडेलको परिवारको अबस्थावारे बताउँदै कमलामाई नगरपालिकाका प्रमुख र उपप्रमुखलाई तत्कालै राहतका प्याकेजहरु उपलव्ध गराउन भनेको छु, छोराछोरीको लालन पालन र शिक्षा दिक्षालाई कसरी व्यबस्थित गर्ने भन्ने विषय अहिले चुनौतीको विषय बनेको कार्कीको भनाई छ । उहाँले अगाडि भन्नुभयोः अहिले स्थानीय गाउँलेहरु मिलेर केही सहयोग त जुटाएका छौं तर त्यो अहिलेका लागि मात्रै हो, मुख्य समस्या त पौडेलसँग आश्रितहरुको जीवन रक्षा र पठन पाठननैं हो ।
प्रत्येक वर्ष जंगली हात्तिबाट नागरिकहरु प्रताडिन बन्नु परिरहेकाले यसको दिर्घकालिन समाधानका उपायहरु अबलम्मन गर्न उहाँले सरोकारवाला निकायलाई आग्रहसमेत गर्नुभयो ।
यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।