टाइम कार्डबाट असुली !

सिन्धुली/भनिन्छ नागरिक बिना वर्दीका प्रहरी हुन् । तर यो भनाईलाई प्रहरी कर्मचारीले कहिल्यै व्यवहारमा प्रयोगमा ल्याइएको पाइन बरु उल्टै नागरिकहरुले हैरानी व्यहोरी रहेकाछन् । त्यही हैरानीका कारणले सिन्धुलीको बाटो हुँदै राजधानी काठमाडौ जाने सवारी साधनले चेक पोष्टमा बस्ने प्रहरीलाई निरन्तर नजराना बुझाउँदा पनि मातहका निकाय बेखबर बनिरहेको पाइएको छ ।
सिन्धुलीको दुम्जामा रहेको चेकपोष्टमा अहिले सवारी साधनहरुसँग टाइम कार्ड भर्ने क्रममा नजराना लिने गरिएको गुनासो सवारी चालकहरुले गर्न थालेका छन् । प्रहरीको व्यवहारबाट हैरानी व्यहोरेका बताउँदै सवारी चालक इन्द्र लामाले थोरै भएपनि रकम बुझाउँदै जति स्पिड कुदाए पनि समय म्यानेज हुन्छ दिएन भने समय नपुगुन्जेल टाइम कार्डमा समयनैं लेखिन्न बरु उल्टै जरिवाना गरिन्छ ।
चालकहरुले यस्तो समस्या खुर्कोटमा पनि भोग्ने गरेको गुनासो गरेका छन् । तपाईले समाचार त लेख्नु हुन्छ, भोलीबाट हामीलाइनैं थप समस्या आइलाग्छ, ती सवारी चालकले सन्देश जनप्रियसँग भने ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरञ्जिवी दाहालले रकम असुलीका विषयमा आफुलाई कुनै जानकारी नभएको बताउँदै त्यस विषमा बुझ्ने र संलग्नलाई कारबाही गर्ने बताए । राजधानी काठमाडौ जाने ठूला तथा साना सवारी साधानका चालकहरु प्रहरीको व्यबहारबाट पिडित बन्न थालेको बताउन थालेका हुन् । यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।