सिन्धुलीको रानीवासमा जंगली हात्तीबाट स्थानीयको मृत्यु भएपछि गाउँलेहरु आन्दोलित भएकाछन् । कमलामाई नगरपालिका वडा नं. १३ का एक स्थानीयको आज बिहान जंगली हात्तीले घरमा सुतीरहेका बेला टिपेर फालेपछि निधन भएको थियो ।
स्थानीय प्रहरी, प्रशासन, डिभिजन वन कार्यालयले आफुहरुले विगत देखीनैं उठाउँदै आएको मागहरु सम्बोधन नगरेको भन्दै आक्रोसित रानिवासका स्थानीय वासिन्दाहरुले पूर्व पश्चिम मदनभण्डारी राजमार्ग अबरुद्ध गरेका छन् ।

घटनास्थल पुगेका प्रदेश सहकर्मीका अनुसार आक्रोसित स्थानीय वासिन्दाले विगत देखीनैं आफ्ना मागहरु पुरा नगर्ने वन कार्यालय, प्रहरी र प्रशासनका विरुद्ध चर्का नराबाजी गरिरहेका छन् ।



स्थानीय वासिन्दाहरुले जंगली हात्तीको व्यवस्थापन गर, मृतकका परिवारलाई उचित क्षतिपूर्ति देउ भन्दै मदन भण्डारी राजमार्ग अबरुद्ध गरिरहेका छन् ।
कमलामाई नगरपालिका वडा नं. १३ र १४ का स्थानीय वासिन्दाहरु जंगली हात्तीबाट निरन्तर पिडित भइरहेकाछन् । तर उनीहरुको जीवन रक्षाका लागि विश्वासिलो काम भने हुन सकेको छैन ।
- पवन राउत, रानिवास











