लोटस कम्प्युटर एण्ड ल्याङ्वेज इन्ष्टिच्युटले मनायो छैठौं वार्षिकोत्सव

सिन्धुलीको लोटस कम्प्युटर एण्ड ल्याङ्वेज इन्ष्टिच्युटले छैठौं वार्षिकोत्सव मनाएको छ । कमलामाई नगरपालिकाका पूर्व नगरप्रमुख एवम् एमाले नेता खड्गवहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सर्टिफिकेट तथा सम्मान कार्यक्रम गरिएको हो ।
प्रमुख अतिथी खत्रीले संस्थाको प्रगतिको कामना गर्दै आगामी दिनमा इन्ष्टिच्युट पढ्न आउने विद्यार्थीहरुलाई अझ राम्रो र परिस्कृत पढाउन सुझाव दिनुभएको थियो । उहाँले अनुकरणिय कार्य गर्ने इन्ष्टिच्युटको सूचिमा लोटस कम्प्युटर एण्ड ल्याङ्वेज इन्ष्टिच्युटमा रहेको बताउँदै आउने दिनहरुमा नमुना इन्ष्टिच्युट बन्ने आशा व्यक्त गर्नुभएको थियो । त्यसैगरी लोटस इन्ष्टिच्युटका प्रबन्धक सुर्यबहादुर चौहानले बर्षभरीको इन्ष्टिच्युटले गरेको गतिविधी एवम् विद्यार्थीको प्रगती विवरण पेश गर्नुभएको थियो ।

No description available.

इन्ष्टिच्युटमा सञ्चालित पिडिआइसिए कोर्ष एवम् ल्याङ्वेज परीक्षामा उत्कृष्टता हासिल गर्ने बिद्यार्थीहरुलाई सुस्मिता चौहानले पुरस्कृत गर्नुभएको थियो । बर्षभरी उत्कृष्ट सेवा गर्ने शिक्षक र उत्कृष्ट विद्यार्थीलाई एवम् सञ्चालक बिबेक गौतमलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । गीत नृत्य नाट्यप्रस्तुति जस्ता मनोरञ्जनात्मक कार्यक्रमले बार्षिकोत्सव कार्यक्रमलाई निकै आकर्षक बनाएको थियो ।

No description available.
No description available.