युद्ध विरोधी प्रवासीहरूको सम्पत्ति कब्जा गर्न रूसी संसदमा प्रस्ताव दर्ता

विदेशबाट भागेर आफ्नो देशको आलोचना गर्ने रूसीहरूले उनीहरूको बाँकी सम्पत्ति जफत गर्नुपर्छ, निर्वासित युद्ध विरोधी रूसीहरूमा दबाब बढाउने स्पष्ट प्रयासमा सांसदहरूले शुक्रबार प्रस्ताव गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
तल्लो सदन राज्य डुमाका सभामुख व्याचेस्लाभ भोलोडिनले भनेः देश छोडेर गएका मानिसहरुलाईझै पश्चिमाहरुको समर्थन गर्नेहरुलाई त्यहाँका बासिन्दा, सैनिक र अधिकारीहरूको अपमान गरेको अभियोग लगाउँदै आपराधिक मुद्दा चलाउन सकिने बताएकाछन् ।
हाम्रो देश र जनतालाई आलोचनागर्दै विरोधीहरुको पक्षमा उभिएका बदमाशहरू आरामसँग बाँच्छन्। विदेशमा हुँदा, तिनीहरूले घर जग्गा भाडामा लिन्छन् र रूसी नागरिकहरूको खर्चमा रोयल्टी प्राप्त गर्न जारी राख्छन्, भोलोडिनले टेलिग्राम सन्देशमा लेखेकाछन् ।
एकै समयमा, तिनीहरूले आफूलाई सार्वजनिक रूपमा रूसमा फोहोर खन्याउन र हाम्रा सैनिक र अधिकारीहरूलाई अपमान गर्न अनुमति दिन्छन् । रूसी कानून अनुसार, त्यस्ता कथनहरूलाई अतिवाद, नाजीवादको पुनस्र्थापना वा सशस्त्र सेनालाई बदनाम गर्ने कलको रूपमा हेर्न सकिन्छ, उनले भनेकाछन् ।
भोलोडिनले भने कि रसियाको फौजदारी संहितालाई सम्पत्ति जफत गर्ने खण्डको साथ संशोधन गर्दा यी अपराधहरूमा दोषी पाइएका निर्वासित युद्ध विरोधी रूसीहरूलाई सही सजाय हुनेछ । उनको विचारलाई माथिल्लो सदन फेडरेशन काउन्सिलको संवैधानिक समितिका अध्यक्ष आन्द्रेई क्लिसासबाट समर्थन प्राप्त भइसकेको मस्को टाइम्सले लेखेको छ ।
यो दृष्टिकोण सम्भव छ, तर त्यहाँ फौजदारी अपराध र फौजदारी संहितामा संशोधन हुन आवश्यक छ, उनले राज्य सञ्चालित समाचार एजेन्सी तासलाई भने । यो तुरुन्तै स्पष्ट भएन कि भोलोडिनले आप्रवासी रूसीहरूको सम्पत्ति जफत गर्ने प्रस्तावलाई राज्य डुमामा विचार गर्नेछ, जुन अर्को हप्ता काममा फर्कन्छ ।
क्रेमलिनले विदेश गएका रूसीहरूको सम्पत्ति जफत गरेर कुनै पनि पान्डोराको बाकस खोल्ने विरुद्ध चेतावनी दियो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, हामीले रुस छोडेर गएका र रुसका शत्रु नभएकाहरू फर्किन चाहन्छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ ।
गत फेब्रुअरीमा मस्कोले युक्रेनमा आक्रमण गरेदेखि लाखौं रुसीहरू विदेश पलायन भएका छन्, जसमा युद्ध विरोधी कार्यहरूको लागि फौजदारी अभियोगको सामना गर्नेहरू पनि छन् । यस हप्ताको सुरुमा, रूसी सांसद येभगेनी पोपोभले विदेशबाट भागेका असहमति रूसीहरूको राहदानी रद्द गर्ने प्रस्ताव गरेका थिए । जुन पारित भइसकेको छ । नेपाली अनुवादः उज्वल न्यौपाने