जबसम्म मन जितिँदैन, केही पनि जितिँदैन, म हरेक पटक ‘छिर्के लगाएर लडाइए’ पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ: जमरकट्टेल

नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो ।

पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको दलको नेताका अर्का आकांक्षी युवराज दुलालले नेपाल प्रेसलाई बताए । शालिकराम यसअघि पनि दलको नेता थिए । सहयात्रीले असहमतिकाबीच उनको नाम पारित भएपछि असहमति जनाएका छन् । पौडेलले दलमा मतदानको माग गरेका थिए । उनी यसअघि प्रदेश अध्यक्षमा पनि चुनावबाटै जितेका थिए । उनको मुख्यमन्त्रीमा चयनसँगै प्रदेशमा मुख्यमन्त्री बन्नका लागि बाटो लुला भएको छ । यस अगाडि उनीसहित चारजना आकांक्षी रहेका थिए । त्यसमा सिन्धुलीका जसपान नेता गंगानारायण श्रेष्ठ सामेल थिए ।

उनले फेसबुकमार्फत छिर्के लगाएर खेल जितिए पनि मन जित्न नसकिने टिप्पणी गरेका छन् । उनले लेखेका छन्- गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिँदैन । जब सम्म मन जितिँदैन केही पनि जितिँदैन । म हरेक पटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ ।