मदनभण्डारी राजमार्गको मिलनचोक- धुराबजार सडक खण्डमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग, कमलामाई नगरपालिका बेखबर !

पूर्व पश्चिम मदन भण्डारी राजमार्गको मिलनचोक धुरावजार सडक खण्डको दुईतर्फी नाला निर्माणमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेको देखिएको छ ।
शुक्रबार बिहान १० बजे निर्माण कार्यभइरहेको स्थलमा स्थानीय वासिन्दाले दिएको सूचनाका आधारमा पुगेका पत्रकारहरुको टोलीले मापदण्ड विपरितका गिट्टी र वालुवा प्रयोग गरेको पाइएको हो ।
निर्माण कार्यका लागि क्रसरबाट उत्पादित गिट्टी र बालुवा प्रयोग गर्नुपर्ने भनिएपनि निर्माण पक्ष कालिका कन्ट्रक्सनले नदि किनारबाट उठाएर ल्याएको सामाग्री प्रयोग गरेपछि स्थानीयले उक्त कार्य रोक्न र गुणस्तरिय काम गराउन माग गरेका थिए ।
अहिले बागमती प्रदेशसभा सदस्यको घर अगाडि गुणस्तरहिन नाला निर्माण भइरहेको हो ।
गुणस्तरहिन निर्माण सामाग्री प्रयोगवारे सोधिएको जिज्ञासामा कालिका कन्ट्रक्सनका म्यानेजर शुरेशराज पाण्डेले क्रसरकै गिट्टी र वालुवा प्रयोग गरिएको दाबी गरे । उनले मकवानपुरको फापरवारीबाट गिट्टी र वालुवा लैजाने गरिएको बताएपनि निर्माण स्थलमा नदीबाट निकालिएको गिट्टी र वालुवा रहेको छ ।
यता बाग्मती प्रदेशसभा सदस्य क्षेत्रवहादुर बम्जनले आफु राजधानी काठमाडौमा भएकाले गुणस्तरिय काम भइरहेको बारे आफुलाई जानकारी नभएको बताए । उनले सन्देश जनप्रियसँको कुराकानीमा भनेः राजमार्ग निर्माणमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गर्न नपाइने र यदी त्यस्तो गरिएको भए त्यसलाई स्वीकार्न नसकिने बताए । सडक र नाला गुणस्तरिय बन्नुपर्छ यसमा कुनै संझौता हुँदैन, उनले भनेकाछन् ।
यसैबीच नगरपालिका क्षेत्रमा भएको गुणस्तरहिन निर्माणका सन्दर्भमा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलसँग बुझ्न खोज्दा उहाँले फोन उठाउनु भएन । पोखरेलले प्रयोगगर्दै आउनु भएको मोवाइल नम्बर ९८५४०४१५०० मा पटक पटक फोन गर्दा फोन नउठेको हो ।

फोटोहरुः

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.