वैशाख २६ गते अधिवेशन आह्वान, तयारी तीव्र

राष्ट्रपति विद्यादेवि भण्डारीले यहि वैशाख २६ गते दिनको ४ बजे बस्ने गरी संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी छिन्।

आइतबार बसेको मन्त्रिपरिषदको सिफारिसअनुसार भण्डारीले अधिवेशन आह्वान गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ।

बजेट ल्याउन सहज हुने गरी बजेट अधिवेशन बोलाउन आह्वान गरिएको हो।

सरकारले अधिवेशन आह्वान गरेसँगै संसद सचिवालयले तयारी तीव्र पारेको छ। कोरोना भाइरसको संक्रमणका कारण नियमित अवस्थामा जस्तै बैठक बस्न नहुने भएपछि सचिवालयले दूरी कायम गरेर बैठक राख्नेबारे प्राविधिक र प्रशासनिक तयारी गरिरहेको कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए।

उनका अनुसार विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनअनुसार सांसदह?बीच दूरी कायम हुने गरी बैठक बस्ने प्रबन्ध मिलाउने जानकारी दिए।

त्यसका बारेमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सचिवालयका कर्मचारी र स्वास्थ्यकर्मीसँग छलफल गरेका छन्। सचिवालयले बैठक हलमा एउटा सिट खाली राखेर सांसदह?लाई बस्ने व्यवस्था मिलाउने तयारी गरेको छ।

प्रधानमन्त्री र विपक्षी दलका नेता बस्ने पहिलो लाइनमा भने एक एक जनालाई मात्र राख्ने तयारी संसद सचिवालयले गरेको छ।
यस्तै अधिवेशन आह्वान भए पनि संसदको कार्यसूची भने टुंगो लाग्न बाँकी रहेको योगीले जानकारी दिए।

दूरी कायम गरेर बैठक राख्न यही १८ गते प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निसापकोटाले संसद बैठक कक्षको अवलोकन गरेको थियो।

सरकार र विपक्षीसँगको छलफलपछि पूर्वबजेटमाथि छलफल, नीति तथा कार्यक्रमाथि छलफल र पारित कहिले गर्ने, कति जना सांसद बोल्नेलगायका विषयमा टुंगो लाग्नेछ।

यसअघि संसदको हिउँदे अधिवेशन कोरोनाका कारण चैत २८ गते अन्त्य भएको थियो।