सिन्धुली: दाहाल प्रतिष्ठान सिन्धुलीको दोस्रो जिल्ला सम्मेलनले धुर्वप्रसाद दाहाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । विश्व बन्धुत्वका लागि भातृ बन्धुत्व भन्ने मुल नाराका साथ शेषराज दाहालको अध्क्षतामा भएको कार्यक्रममा आज उनलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा उपाध्यक्षमा बालचन्द्र दाहाल, मिना दाहाल, सचिव चिरिञ्जीवी दाहाल, सहसचिव पुष्कर दाहाल र कोषाध्यक्षमा दिपा दाहाललाई चयन गरेको हो ।
त्यसैगरी सदस्यहरुमा टिकाप्रसाद दाहाल, विश्वनाथ दाहाल, पुष्कर दाहाल, इन्दिरा दाहाल, कुमार दाहाल, खेमराज दाहाल, काशीनाथ दाहाल, कमल दाहाल, सरस्वती दाहाल, रेवतीप्रसाद दाहाल, रामप्रसाद दाहाल लगायत रहेकाछन् ।
कार्यक्रममा दाहाल प्रतिष्ठान बागमती प्रदेश समितिका अध्यक्ष शिवहरी दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य कुमारमणी दाहाल, मकवानपुर अध्यक्ष सिताराम दाहाल , नेपाली कांग्रेसका नेता कृष्णप्रसाद दाहाल, प्रेमचन्द्र दाहाललगायतले शुभकामना दिनुभएको थियो । निवर्तमान अध्यक्ष शेषराज दाहालले अविर तथा खादा लगाएर नव निर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।


















