रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले किन गरे पत्रकार सम्मेलन स्थगन !

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले १० वर्षमा पहिलो पटक आफ्नो आर्थिक वर्षको अन्त्यमा गर्दै आएको वार्षिक पत्रकार सम्मेलन स्थगन गरेकाछन् । युक्रेन युद्ध १० औं महिनामा प्रवेश गर्दै गर्दा क्रेमलिनले आज वार्षिक पत्रकार सम्मेलन स्थगन गरेको जनाएको हो । पत्रकार सम्मेलनको नयाँ वर्ष अघि हुने छैन, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने ।
तर हामी आशा गर्छौं कि राष्ट्रपतिले अझै पनि पत्रकारहरूसँग कुरा गर्ने मौका पाउनुहुनेछ, जसरी उहाँ नियमित रूपमा गर्नुहुन्छ पेस्कोभले थपे ।
पेस्कोभले विगतको परम्परा ब्रेक गर्ने कुनै कारण नभएको बताउका थिए । तर रूसको युक्रेनमा जारी आक्रमण निर्णयमा महत्वपूर्ण कारक हुन सक्ने सम्भावना छ, आरबीसी दैनिकले गत महिना यस्तै रिपोर्ट प्रकाशन गरेको थियो । सन २००० देखि सत्तामा रहेका पुटिनले डिसेम्बरमा आफ्नो शासनकालका अधिकांश वर्षहरूमा रुसी र विदेशी पत्रकारहरूसँग पत्रकार सम्मेलन गरेका थिए र रुसको घरेलु र विदेश नीतिसँग सम्बन्धित विभिन्न विषयहरूमा प्रश्नहरूको जवाफ दिएका थिए ।
गत वर्ष क्रेमलिनले पुटिनको वार्षिक प्रेस सम्मेलनमा भाग लिन करीव ५ हजार रूसी र विदेशी पत्रकारहरूलाई आमन्त्रण गरेको थियो, यद्यपि धेरै मिडिया आउटलेटहरूले कोविड १९ प्रतिबन्धका कारण असमर्थता जनाएका थिए ।
गत वर्ष, नोभाया गजेटा सहित धेरै सम्पादकीय स्वतन्त्र मिडिया आउटलेटहरू ( जसका सम्पादक (इनचीफलाई भर्खर नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो) भने वार्षिक कार्यक्रममा कुनै निमन्त्रणा प्राप्त भएको थिएन ।
गत वर्षको चार घण्टाको कार्यक्रममा धेरै प्रश्नहरू युक्रेनको भूराजनीतिक अवस्थालाई समर्पित थिए । यो हाम्रो छनौट होइन, हामी यो चाहँदैनौं, पुटिनले गत डिसेम्बरमा कीभसँग सम्भावित द्वन्द्वको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै भनेका थिए ।
रूसले फेब्रुअरी २४ मा युक्रेनमा सेना पठायो र सेप्टेम्बर २१ मा त्यहाँ मस्कोको सेनालाई समर्थन गर्न परिचालन गर्ने घोषणा गरिएको थियो ।

उज्वल न्यौपाने, दि मस्को टाइम्सबाट नेपाली अनुवाद ।