
अखिल नेपाल महिला संघ सिन्धुलीले हिसां पिडित महिलालाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ । ४३ औँ लैगिंक हिसां विरुद्धको १६ दिने अभियानको अवसर पारेर अनेम संघ सिन्धुलीले सुरक्षित आवसगृह सेफहाउसमा रहेका हिसां पिडित महिलाका लागि खाद्य सामाग्री सहयोग गरेको हो ।
पिडित महिलाका लागि चामल, दाहाल, नुन, तेल लगाएतले खाद्य सामाग्री सहयोग गरिएको थियो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको कारण लैगिंक हिसां विरुद्धको १६ दिने अभियानमा योजना अनुसारको कार्यक्रम आयोजना गर्न नसकेको अनेम संघ सिन्धुलीको अध्यक्ष मेनुका तिमल्सिनाले बताउनुभयो । “लैगिंक हिसां विरुद्धको १६ दिने अभियानको सुरुवातमा पनि हामीले कुनै कार्यक्रमको आयोजना गर्न सकिनौँ । चुनावको माहोल भएको कारण हामीले गरेका योजना अनुसारको कार्यक्रम भने भएन । आज अन्तिम दिन हाम्रो संगठन भित्रका साथि र सहयोगी अन्य व्यक्तिबाट सहयोग उठाइ हिसां पिडित महिलालाई एक छाक खान पुग्ने खाद्य सामाग्री ल्याएका छौँ ।” उहाँले भन्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अनेम संघ केन्द्रीय सचिवालय सदस्य रस्मिला देवकोटाले हिसां पिडित महिलालाई हिसां सहेर नबस्न आग्रह गर्नुभयो । सम्बन्धी ठाउँमा कसैको डर तथा त्रासमा नपरि आफ्नो कुरा राख्न पनि उहाँले अनुरोध गर्नुभयो ।
अनेम संघ केन्द्रीय सचिवालय सदस्य रस्मिला देवकोटाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अनेमसंघका महिला नेतृ साथै नेकपा एमालेका महिला नेताहरुको उपस्थिति रहेको थियो ।