पूर्व शिक्षामन्त्री पोखरेलद्धारा महोत्तरीको किसान नगरमा कृषि क्याम्पसको शिलान्यास

बर्दिवास/पुर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आज एक कार्यक्रमका बीच प्राकृतिक स्रोत व्यवस्थापन कलेजको शिलान्यास गर्नुभएको छ । महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व मन्त्री पोखरेलले कृषि तथा बन विज्ञान बिश्वबिद्यालय कृषि संकाय अन्र्तगतको
प्राकृतिक स्रोत व्यवस्थापन कलेजको शिलान्यास गर्नुभएको हो । सो कलेज ५ करोड़ ५७ लाखको कुल लागतमा निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका दिपक माझीले जानकारी दिनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा. पुण्यप्रसाद रेग्मी, आङ्गिक क्याम्पसका प्रमुखलगायतको उपस्थिति रहेको थियो । बर्दिवास नगरपालिका वडा नं. ६ किशान नगरमा निर्माण प्रारंभ गरिने भनिएको कृषि क्याम्पस भवन ४ महिनाभित्र पुरा गर्ने लक्ष्य राखिएको सब कन्ट्राक्टर माझीले बताउनुभयो । सो भवन निर्माण अर्वान विल्डर्सले समाज कन्ट्रक्सनलाई जिम्मा दिएको थियो । निर्माणाधिन भवन १२ कोठामात्र रहने छ ।
पूर्व मन्त्री पोखरेलले यस अगाडि सिन्धुलीको कपिलाकोटमा पनि कृषि क्याम्पस स्थापना गर्न महत्वपूर्ण सहयोग गर्नुभएको थियो ।

No description available.