काम नगर्ने र कुरा काट्नेलाई बिदाई गरौं

आम निर्वाचन २०७९ निर्वाचन गत मंसिर ४ गते सकिए संगै यसको परिणाम पनि आइसकेको छ । जित्ने उम्मेदबारको मन खुसी छ । हार्ने उम्मेदबारको मन दु:खी भएको छ । निर्वाचनमा हारजित स्वभाबिक प्रक्रिया हो । एउटा दलको उमेदवारले जित्दै गर्दा अरु सबै प्रतिस्पर्धी उम्मेदबारले हार्ने नैं गर्दछन् । यो एउटा प्रक्रियानैं हो ।
हाम्रो समाजमा बुढापाकाहरुको एउटा कथन प्रचलित छ– बहर गोरुलाई जोत्न लाँदा कहाँ हिडिस् भनेर उसैको भाषामा सोध्यो भने जोत्न हिड्या भनेर जँगिन्छ रे । तर पाको गोरुलाई सोध्यो भने नरम स्वरमा जोत्न हिंडेको भन्दछ भनिन्छ । तर जब गोरु मेलाबाट जोतेर फर्किएपछि साँझमा बहर गोरुलाई कहाँ गएर आयौ ? भनेर सोध्दा– बिस्तारै लखतरान स्वरमा जोतेर आको भन्ने उत्तर आउँछ भने पाको गोरुको स्वरमा कुनै फेरबदल हुँदैन । बिहान कै उही स्वरमा जोतेर भन्ने उत्तर दिन्छ रे ।
आज यो कथन चाहि ठ्याक्कै ती उम्मेदबारको लागि मिल्ने गर्दछ । जो टिकटका लागि नेताको ढोका–ढोका चहारे , टिकट नपाउँदा आफू माथि ठूलो अन्याय हुने कुरासम्म गरे । मेरो साटो त्यो फलानो प्रतिस्पर्धिलाई टिकट दिए कुनै हालतमा जित्दैन । म भन्दा उपरोक्त उम्मेदवार कोहि छैन, अरु सबै मेरो भन्दा कम औकातका भनेर, आफू सँगैको काम गरेको साथीहरू बारे गलत रिपोर्टिङ, नाममा एकलाखे लगाउँदै तथानाम गाली गर्ने ब्यक्ति पनि देखियो । अनि जब निर्वाचन आयो– परिचालनका सन्दर्भमा कमिकमजोरीको दोष अरुलाई थुपार्ने, निर्वाचनमा आफ्नै परिवारका सदस्यले नपत्याउने, छरछिमेकी वा समाजले नपत्याएका ब्यक्तिहरु पनि देखियो । अबसरबादी, चाकरी, चाप्लुसिमा लिप्तहरु गलत मानिसको सल्लाहमा निर्वाचनमा जानेहरू पराजित भएपश्चात अरुलाई दोष थुपारेर आफु पानी माथीको ओभानो भएको पनि देखियो । पार्टी संगठन राम्रो छ , जनता भनेका के हुन् र ? म जितिहाल्छु नि भनेर जनता र कार्यकर्ताको भावना बिपरित जबर्जस्त नेताको प्यारो भएर टिकट लिएर जिल्ला झरेको पनि देखियो ।
नेता, पार्टी वा कमिटीले पत्याएर नहुने रहेछ, असल आचरण सहितको नैतिकता, इमानदारीता एबं स्पष्ट बक्ता एबं जनताको समस्याको स्पष्ट कार्यान्वयन गर्ने हुनु पर्ने रहेछ । अन्य कारण कहिं कहिं यो भनाइले काम नगरेपनी अधिकांश ठाउँमा जनताले गलत मानसिकतालाई पराजित गरेका छन् । निर्वाचनले दिएको सन्देश भनेको आश्वासन मात्रै बाडेर नहुने रहेछ, सत्तालिप्सामा जनताको एजेन्डा नैं बिर्सदा पुराना दल प्रतिको बिकर्षणले रबि लामिछानेको पार्टीको उदय भएको छ ।
अब सबै ठुला दलले के बुझ्न जरुरी छ भने– कार्यकर्ता कस्तालाई बनाउने ? जनताको नजरमा भ्रष्ट र अनैतिक आचरण भएका नेता कार्यकर्तालाई अझै बोक्ने कि नबोक्ने ? पदमा बस्ने बित्तिकै नेता होइदैन, पदका लागि तँछाडमछाड गर्नेहरु, पद जति नातागोता, आफन्त र साथीभाइलाई बाड्नेहरुलाई जनताले सवक सिकाउने रहेछन् । अब सबै पुराना दलहरु सुध्रन जरुरी छ । नभए बिरासत सहितको परिणाम ल्याउन गाह्रो हुनेछ ।
भनिन्छ विद्वान बसेका स्थानमा ज्ञानबिज्ञानका कुरा हुने गर्दछ , मध्यम स्तरका ब्यक्ति बसेका स्थानमा बिषयबस्तुका कुरा हुन्छन् भने, निच स्तरका मानिस बसेका स्थानमा अरुको कुरा काट्ने कार्य हुन्छ । कुरा सत्य हो रहेछ , एक थरी नेताहरु पार्टी कसरी अगाडि बढाउने, नितीगत सुधार कसरी गर्ने भन्ने कुराको चिन्तनमा छन्, एकथरी नेताहरू गाउँ गाउँमा पार्टी सुदृढीकरण गरेर कसरी अगाडि बढ्ने भन्नेमा चिन्तित छन् भने कोहि कोहि निचहरु अरुको कुरा काट्ने काममा ब्यस्त छन् । प्रबृत्तिगत रुपमा कुरा काट्ने,दकाम कम गर्नेहरुलाई बेलैमा पार्टीले चिनेर बिदा दिनुपर्दछ । धन्यवाद ।

खड्गवहादुर खत्री