सिन्धुलीको दुधौलीबाट एमाले अध्यक्ष ओलीले भन्नुभयो: देशलाई समृद्ध बनाउने सपना एमालेसँग मात्रै छ (फोटो फिचर)

नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसंग मात्र भएको बताउनु भएको छ । सिन्धुलीको दुधौलीमा आज दिउँसो नेकपा एमालेको चुनावी सभालाई संबोधन गर्दै उहाँले सुखि नेपाली समृद्ध बनाउने सपना सकारपार्न सुर्य चिन्हमा मतदान गर्न अपिल गर्नुभयो ।
यतिवेला स्वार्थको पोका बोकेका गठबन्धनले देशलाई कमजोर बनाउन लागेको बताउनुभयो । उहाँले नेपाली जनताले अहिलेको गठवन्धनको स्वार्थलाई बुझेकाले मंसिर चारमा एमालेलाई मत दिएर त्यो स्वार्थको पर्दाफास गर्न आग्रह समेत गर्नुभयो । सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलिले देशलाई विकासको अभियानमा लैजान र सुखि नेपाली सम्बृद्ध नेपाल निर्माण गर्नको लागी एमालेको सरकार आवश्यक रहेकोमा जोड दिनुभयो ।
एमालेले जारी गरेको घोषणा पत्र ग्यारेन्टीका साथ हामी पुरा गर्न तयार छौ, तपाईको एकमतले देशको विकासमा टेवा पुग्ने भएकाले सिन्धुलीबाट एमालेका उम्मेदवारलाई विजयी गरेर पठाए जिल्ला र देशको विकास हुने बताउनुभयो ।
सुनकोसी मरिण डाइभरर्सन, मदनभण्डारी राजमार्ग आर्थिक समृद्धिका आधारहरु निर्माण गरेको बताउनुभयो । उहाँले मंसिर ४ गते सुर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई बहुमतको सरकार दिन आग्रह गर्नुभयो ।
सत्ता गठवन्धन एउटा स्वार्थका पोका बोकेर हिड्ने समुह भएकाले यो सँग अरु कुनै देश विकासको योजना नभएको बतउदै अहिले सम्म कुनै पनि गठवन्धन दलसँग विकास योजनाको खाका नभएको उनीहरुकै चरित्रबाट प्रष्ट भएको बताउदै गठबन्धनको भ्रममा नपर्न उहाँले नेपालीलाई आग्रह गर्नुभयो ।
एमालेले जिल्लामा उठाएका प्रतिनिधिसभाका २ जनाप्रदिप कटुवाल, मनोजजंग थापा र प्रदेशसभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै जना उमेदवारलाई मतदिएर विजयी गराउन आग्रह गर्दै एमालेले सिन्धुलीमा उमेदवार बनाएका व्यक्तिहरु देश विकासको लागी योगदान र त्याग गरेका व्यक्तिहरु भएकाले उनीहरुको योगदानको कदर गर्नको लागी पनि एमालेका उमेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

(फोटो फिचर)

No description available.
No description available.
No description available.
No description available.