पन्ध्र सालको आम निर्वाचनमा नेकपाका तर्फबाट एजेण्ट बसेका थिङ सम्मानित

कुसुमटार, सिन्धुली: प्रतिनिधीसभा सदस्य मनोजजंग थापाले एक कार्यक्रमका बीच कुसुमटारका पुराना कम्युनिष्ट नेता रुद्रमान थिङलाई सम्मान गर्नुभएको छ ।
२०१५ सालको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट एजेण्टका रुपमा काम गर्नुभएका थिङलाई निर्वाचन अभियानका क्रममा एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले सम्मान गर्नुभएको हो । यस क्षेत्रमा कम्युनिष्ट पार्टीको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका थिङले एमालेका तर्फबाट उमेदवार बन्नुभएका थापालाई विजयका लागि शुभकामना दिनु भएको थियो ।

No description available.

२०१० सालदेखी कम्युनिष्ट पार्टीमा लागेर सिन्धुलीको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु भएका थिङले केपी ओलीले लिएको राष्ट्रियताप्रतिको अडानलाई खुलेरै प्रशंसा गर्नुभयो । दुई पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि नेकपाको निरन्तरताका रुपमा रहनुभएका थिङले सिन्धुलीका आशा लाग्दा उमेदवारका रुपमा आफुले मनोजजंग लाई लिएको खुलासा गर्नुभयो । पहिलाको कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ता अहिलेको तुलनामा निकै अनुशासित र निष्ठावान रहेको बताउँदै नेपालमा अब एउटै मात्र कम्युनिष्ट पार्टी रहने र त्यो एमाले मात्रै हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्मान कार्यक्रममा प्रतिनिधीसभा सदस्य उमेदवार थापाले सिन्धुलीको कम्युनिष्ट अन्दोलनलाई यहाँसम्म ल्याईपु्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरणगर्दै थिङलाई भेटन कुसुमटार आएको बताउनुभयो । मैंले उहाँलाई पहिलानैं भेट्ने योजना बनाएको थिएँ, तर चुनावी अभियानमा व्यस्त भएकाले भ्याएको थिईनँ, उहाँले सम्वोधनका क्रममा भन्नुभयो । नेता थापाले बयोवृद्ध कम्युनिष्ट नेताले गर्नुभएको योगदानको खुलेर प्रशंसा गर्नुभएको थियो ।

No description available.

नगरपालिका भएर पनि कसुमटार विकट बनेको र यहाँका वासिन्दाको जीवनस्तर माथि उठाउन ध्याङलेख जोड्ने सडक निर्माण जरुरी भएको बताउनुभयो । उहाँले एमालेले जितेपछि यहाँबाट ध्याङलेख जोड्ने सडक निर्माण गर्ने प्रतिवद्धता जनाउँदै कम्युनिष्ट क्रान्तिकारीहरु ओहोर दोहोर गर्ने यस बाटोलाई मोटरबाटोमा रुपान्तरण गर्न एमालेका सरकार जरुरी भएको उल्लेख गर्नुभयो ।
उहाँले यस क्षेत्रमा खानेपानी समस्या विकराल रुपमा रहेको र बृहत खानेपानी योजना सञ्चालन गरेर यो समस्याको समाधन गर्न आफु क्रियाशिल हुने बचन दिनुभएको छ । यहाँका स्थानीय वासिन्दाले वडा कार्यालयसम्म जानकालागि निकै सास्ती व्यहोर्नु परेको बताउँदै इन्जिनियरसमेत रहनुभएका थापाले सडक र खानेपानी समस्या समाधानका लागि पनि एमालेको पक्षमा मनतदान गर्न अपील गर्नुभयो ।

No description available.

-उद्धव श्रेष्ठबाट । फोटोहरु: हेम पुलामी