सिन्धुली/नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा सदस्य उमेदवार मनोज जंग थापाले हरिहरपुरगढीले संभावनैं संभावना बोकेको यहाँ धेरै काम गर्न सकिने अबस्था रहेको बताउनुभएको छ ।
एमाले २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन कमिटीद्धारा आज हरिहरपुरगढीको ८ क्यानेश्वरको पानतलेमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थापाले सो कुरा बताउनुभएको हो । उहाँले हरिहरपुरगढीमा अथाह पानी छ, जडिबुटी छ र पर्यटकीय केन्द्रका रुपमा यसलाई विकास गर्न सकिन्छ त्यसका निम्ती हामीलाई तपाईहरुको साथ, सहयोग र समर्थन अरिहार्य भएको बताउनुभयो ।
यस क्षेत्रमा अथाह कृषिको संभावना पनि छ, रोजगारी सिर्जना गर्न सकिने अबस्था छ, त्यही कारणले पनि हामीले मरिण, हरिहरपुरगढी र ध्याङलेख क्षेत्रको विकासका लागि पाँच प (पानी, पर्यटन, पूर्वाधार, परिश्रम र परिवार) को अबधारणा सार्वजनिक गरेको बताउँदै सिन्धुलीका जिल्लाकै बौद्धिक उमेदवारका रुपमा चिनिएका थापाले भन्नुभयो: अहिले तपाईहरु समक्ष नेकपा एमाले सिन्धुलीका सबै नेताहरु हुनुहुन्छ, उहाँहरुकै अगाडि अहिले जे प्रतिवद्धता गरिएका छौं, त्यो व्यवहारमैं लागु गर्न हामीबाट हामी पछाडि हट्ने छैनौं । पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु तपाईहरुको समस्या बुझ्न र पार्टीका तर्फबाट गरिएको प्रतिबद्धताहरु पुरा गराउन सक्रिय हुनुहुने बताउँदै विगतका प्रतिनिधीले अर्थात बिचारधाराका आधारमा यस क्षेत्रमा माओवादी केन्द्रले विकासमा भेदभाव गरेकोले त्यसलाई अन्त्य गर्न मंसिर ४ गते सूर्य चिन्हमा मतदान गर्न अपील गर्दछु ।
विगतको तितो अनुभवलाई संझँदै सूर्य चिन्हमा मतदान गर्नु भएन भने यस क्षेत्रको अबस्था जहाँको त्यही रहने छ । तपाईहरु माथिको भेदभाव जारी रहने बताउँदै एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका उमेदवार थापाले हरिहरपुरगढीको भाग्य र भविश्य कोर्नका लागि, उज्यालो भविश्यका लागि सूर्य चिन्हमा मतदान गर्न जरुरी रहेको बताउनुभयो । हामीले तपाईहरुले बनाउनु भएका
गठबन्धनका नाममा माओवादी केन्द्रका उमेदवार तपाईका बीचमा आएर फेरी पनि भ्रम छर्न सक्छन्, तपाईहरु उनीहरुबाट छरिने भ्रमबाट मुक्त हुन र गलत आश्वासहरु दिनेहरुमाथि प्रश्न गर्न सुझाव दिनुभयो । उहाँले अगाडि भन्नुभयो: अब हरिहरपुरगढीका जनताले दु:ख गर्नुपर्ने अबस्थाको अन्त्य हुने दिन आउन थालेको छ । विगतमा तपाईहरुले चुनेर पठाउनु भएको प्रतिनिधी यस गाउँमा फर्केर आएनन् । तर हामी निरन्तर तपाईको गाउँमा आउँछौं र हरिहरपुरगढी दरवार बनाउनेछौं । हामी सिन्धुलीगढी जस्तै पर्यटकहरु आउने र गाउँपालिकालाई करोडौं आम्दानी हुने अबस्थाको सिर्जना गर्नेछौं । सिन्धुलीगढी र हरिहरपुरगढीलाई जोड्ने लिंकरोडलाई हामीले प्राथमिकतामा राखेर काम गर्नेछौं । त्यसका निम्ती तपाईहरुले सूर्य चिन्हमा मतदान गरेमात्रै संभब हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य उमेदवार रामकुमार पौडेल, समानुपातिक उमेदवार रणुकमारी बलम्पाकी, कमलजंग राई र केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज गणेश पहाडीलगायतले हरिहरपुरगढीको विकास र समृद्धिको लागि पार्टीका तर्फबाट जनता समक्ष प्रतिवद्धता जनाउनुभएको थियो । एमालेले सिन्धुलीगढी जस्तै हरिहरपुरगढीलाई पर्यटकीय केन्द्र बनाउने चुनावी प्रतिबद्धतापत्रमासमेत उल्लेख गरेको छ । उद्धव श्रेष्ठ, हरिहरपुरगढी










