सुनकोशीमा समाजवादी र एमाओवादीका कार्यकर्ता एमालेमा प्रवेश

सुनकोशी गाउपालिका वडा नं. ६ खाल्टेमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका आधा दर्जनभन्दा बढी कार्यकर्ता सो पार्टी परित्यागगरी नेकपा एमालेमा प्रवेश गरेकाछन् । नव प्रवेशीहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज उमा कोइराला र अर्का केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले अविर तथा माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरुमा समाजवादीका सिन्धुली जिल्ला कमिटी सदस्य खेटराज थापा, ढोकरवहादु राउत, रामनारायण पसाई, वडा कमिटी सदस्यहरु लालवहादुर रम्तेल, टंक आछामी काशीनारायण श्रेष्ठलगायत रहनुभएको छ । त्यसैगरी सोही वडाका माओवादी कन्ेद्रका वडा कमिटी सदस्य मोहन नेपाली पनि बिनासर्त एमालेमा प्रवेश गर्नुभएको छ ।
नवप्रवेशीहरुलाई पार्टीमा स्वागतगर्दै उमेदवार मनोजजंग थापाले सिन्धुलीको विकास, समृद्धि र सुशासनका लागि एमालेले मात्रै नेतृत्व गर्न सक्ने र त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । विभिन्न आस्था र विचारमा आवद्ध रहनुभएका एक लाख भन्दा बढी मानिसहरु अहिले एमालेमा प्रवेश गरिसकेको र त्यो क्रम जारी रहेको सुिनकोशी गाउँपालिकाले पनि सन्देश दिएको बताउँदै एमाले नेता थापाले अगाडि भन्नुभयो: अब मंसिर ४ गतेपछि केपी ओलीकै नेतृत्वमा एमालेका राष्टिय सरकार बन्नेछ ।
एमाले अध्यक्ष केपी ओलीले पानी जहाज रेल सञ्चालन गर्ने कुरा बताउँदा आलोचना गर्ने दलहरुले आफ्नै चुनाबी घोषणापत्रमा रेल र पानी जहाजको कुरा उठाएर एमालेको विकास र समृद्धिको एजेण्डालाई संस्थागत गरिदिएको बताउनुभयो । कार्यक्रममा एमालेकी अर्की केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज उमा कोइरालाले सिन्धुली जिल्लाले वौद्धिक क्षमतावान र इमान्दार उमेदवार पाएकाले सुनकोशीका जनताले निर्धक्क भएर सूर्यमा मतदान गर्न अपील गर्नुभयो । सिन्धुलीमा इमानको राजनीति एमालेले मात्रै गरेको स्मरण गराउँदै हिंसा, आतंक र बलका भरमा राजनीति गर्ने दिन समाप्त भएको खुलासा गर्नुभयो । एमाओवादीबाट सुनकोशीका जनता आजित भएको र विकासको गतिमा अबरोध सिर्जना भएको उहाँको भनाई थियो ।
कार्यक्रममा पसमानुपातिक उमेदवार रणकुमारी वलम्पाकी, एमाले प्रदेश कमिटी सदस्यहरु कमल दाहाल, राकृष्ण श्रेष्ठ, कद्री दाहाल, शान्तिमान कार्कीलगायत हुनुहुन्थ्यो ।