सिन्धुलीका अबको विकास एमालेकै अगुवाईमा हुन्छ: प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप कटुवाल

नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं. १ सिन्धुलीमा उम्मेदवारी दर्ता गराउनुभएका प्रदीप कटुवालले आफ्नो क्षेत्रको समग्र विकासका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । सोमवार विहान प्रदेशखबरसँग संक्षिप्त कुराकानीगर्दै कटुवालले नेकपा एमालेको आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम अन्र्तगत विद्यालय, क्याम्पस, उच्च मावि, सडक र विद्युतीकरण जस्ता जनताको प्रत्यक्ष विकासँग जोडिएका कामहरुलाई अगाडि बढाउन आफुले पहल कदमी लिएको बताउँदै अबको विकास पनि एमालेकै अगुवाईमा हुने उल्लेख गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, एमालेले अगाडि सारेको सबृद्ध नेपाल सुखी नेपालीको राष्टिय आकांक्षालाई पुरा गराउन र नेपालमाथि भएको विदेशी हस्तक्षेपलाई परास्त गर्नका लागि पनि एमालेको बहुमत सहितको सरकार आवश्यक छ । अहिलेको गठबन्धन सरकारले विकासका नाममा ब्रह्मलुट मच्चाएको र विदेशीको कठपुतली बनेर राष्टघात र जनधातका कामहरु निरन्तर अगाडि बढाइरहेकाले एमालेका पक्षमा मतदान गर्न उहाँले तमामा सिन्धुलीवासीमा अपीलसमेत गर्नुभएको छ ।