सरकारले दसैं, तिहार र छठपर्वलाई लक्ष्य गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भने पनि सिन्धुली जिल्ला सदरमुकाम र स्थानीय तहमा ती पसलहरु सञ्चालनमा नआएपछि उपभोक्ताहरु मारमा परेका छन् ।
सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनिए पनि सिन्धुलीका कुनै पनि स्थानमा सञ्चालनमा आएको छैन । ‘सुपथ मूल्य पसल सञ्चालनका लागि परिपत्र आएको छैन्, परिपत्र नआउँदा कहिलेदेखि सञ्चालनमा ल्याउने भन्ने टुंगो लागेको छैन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका एक अधिकारीले सन्देश जनप्रियसँग भने ।’ विगतमा कमलामाई नगरपालिकाले प्रत्येक वडामा त्यस्तो पसल सञ्चालनको व्यवस्था गरेको थियो तर यस वर्ष सञ्चालनका लागि अहिलेसम्म त्यस वारे कुनै जानकारी नआएको उनले बताए ।

परिपत्र आउनसाथ सुपथ मूल्य पसल सञ्चालनमा आउने उनको भनाई थियो । विगतका वर्षमा दसैँ, तिहार, छठसहितका चाडपर्वलाई लक्ष्य गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो । चाडपर्वमा त्यस्ता पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि यहाँ सञ्चालनमा नआउँदा समस्या भएको छ ।
यस्ता पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी, नून चामलका साथै अन्य खाद्य सामग्री किन्न पाइन्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो वर्ष असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेको थियो । यो समाचार तयार पर्दासम्म सिन्धुलीका नौं स्थानीय तह मध्ये कसैले पनि यसवारे कुनै निर्णय गर्न सकेको छैन ।-यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।