दशैंका लागि राखिएको दुई खसी चोरियो

चोरीएका खसीहरु । फोटो: कृष्ण गाउँलेको फेसबुकबाट ।

मरिण गाउँपालिका वडा नं. ६ देउजोर स्थित घरबाट गएराती २ वटा खसी चोरी भएको छ । स्थानीय भिमवहादुर श्रेष्ठको खोरमा बाँधेर राखिएको अन्दाजी १० धार्नीको कालो र खैरो रंगको खसी चोरी भएको हो । श्रेष्ठले प्रदेशखबरसँग कुरागर्दै चोरी भएको आफ्नो खसी जो कोहीले देख्नुभएमा फोन नंं 9812058553 खबरगरिदिन आग्रहसमेत गरेकाछन् । दशैंका लागि तयार पारिएको खशी चोरी भएपछि श्रेष्ठ चिन्तित भएका छन् ।

चोरी भएको खशी