सरकारले निर्वाचनमा धाँधली गर्न प्रहरी र कर्मचारीकाे सरूवा गरिरहेकाे छ : अध्यक्ष ओली

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी निर्वाचनमा धाँधली गर्ने तयारी गरिरहेकाे बताएका छ। धनुषाकाे विदेह नगरपालिकामा आयाेजिक एक कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनलाई सहयाेग नगर्ने प्रहरी र कर्मचारीलाई धमाधम सरूवा गरिरहेकाे बताएका हुन।

‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ । कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने उसलाई लाग्यो भने त्यो प्रहरी सरुवा गर्छ । यही ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ । कर्मचारी सरुवा गरेको छ । गठबन्धनको चाकडी गर्दैन भन्ने लाग्यो भने कानुन बमोजिम चल्छ भन्ने लाग्यो भने सरुवा गरेको छ’ ओलीले भने, ‘यो सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी भ्रष्टाचारी सरकार ।’

सरकारले देशलाई हिंसा, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितिर लैजान खोजेको भन्दै ओलीले देशमा एमाले पनि छ भन्ने हेक्का राख्न चेतावनी दिए ।

शनिबार आयोजित कार्यक्रममा निवर्तमान सांसद उमाशंकर अरगरिया, अमृता अग्रहरिलगायतका नेताहरु एमाले प्रवेश गरेका छन् ।