पेसागत महासंघको अध्यक्षमा माझी

पेसागत महासंघ जिल्ला समन्वय समिति सिन्धुलीको अध्यक्षमा बबिन्द्रलाल माझी चयन हुनु भएको छ । शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो । अधिवेशनबाट उपाध्यक्षमा चेत प्रसाद तिमल्सिना, अस्मिता लुङ्गेली, सचिवमा गुणविक्रम कुवर, उप–सचिवमा दीपक काफ्ले, कोषाध्यक्षमा  बद्रीनाथ देवकोटा चयन हुनु भएको छ ।
यस्तै यादवनाथ चौलागाईं, चिरञ्जीवी थापा मगर, विशाल पिठाकोटे, विकासराज अधिकारी, चिना लामा, नारायण कुमार पोखरेल, निर्मल लामा, विजय तामाङ र सन्तोष कार्की चयन हुनु भएको छ । जिल्ला अधिवेशनबाट केन्द्रीय प्रतिनिधिहरूमा मल्लवलाल अधिकारी र धनमाया राई चयन हुनु भएको छ ।

पेसागत महासंघ सिन्धुलीलाई अव थप गतिशील र मर्यादित बनाउने नव निर्वाचित अध्यक्ष माझीले प्रतिक्रिया दिनुभयो । राष्ट्र निर्माणमा सङ्गठित तवरले योगदान पुर्‍याउन, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार एवं राजनीतिक अधिकार सहितको ट्रेड युनियन अधिकारको संवैधानिक सुनिश्चितता गरी पेसागत क्षेत्रमा क्रियाशीलताका साथ लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष रामकुमार कार्की, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुरुशोत्ता दाहाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

May be an image of 1 person, standing and indoor
May be an image of 8 people, people sitting and indoor