पत्रकार महासंघले श्रमजीवि पत्रकारको पक्षमा कुनै काम गर्न सकेन, उल्टो सम्माननीय राष्ट्रपतिबिरुद्ध बिषबमन गर्यो : महासचिव लामा

नेपाली पत्रकारहरुको अग्रणी संस्था नेपाल प्रेस चौचारी नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस बिज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासंघ जस्तो साझा संस्थाले आफनो मुल उदेश्य नै बिर्सिएर सत्तारुढ गठबन्धनको भातृ संगठनका रुपमा सम्माननीय राष्ट्रपतिबिरुद्ध समेत बक्तब्यवाजी गरेर गम्भीर गल्ती गरेको महासचिव हिरामान लामाद्धारा जारी बिज्ञप्ती मार्फत प्रेस चौतारी नेपालको ठहर छ।
मुलुकभर श्रमजीवि पत्रकार पारिश्रमिक नपाएर पीडित बनिरहेको बेला पत्रकार महासंघ श्रमजीविको पक्षमा कुनै काम गर्न सकिरहेको छैन । सत्तारुढ गठबन्धनमै आवद्ध दलका नेताले सञ्चालन गरेको टेलिभिजनले लामो समयसम्म श्रमजीवि पत्रकारलाई बिनापारिश्रमिक काम लगाइरहेको र त्यहाँ कार्यरत सञ्चारकर्मी तीन महिनादेखि आन्दोलनमा रहेको विज्ञप्तीमा उल्ल्ेख छ ।
जारी विज्ञप्तीमा भनिएको छ: सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई राजनीतिक पूर्वाग्रहको आधारमा निश्काषण गर्ने र आफ्ना कार्यकर्ता भर्ती गर्ने काम पनि यथावत छ । आफूले गर्नैपर्ने यी सवै बिषयमा पत्रकार महासंघ मौन छ । तर सत्ता गठबन्धनको प्रचार संयन्त्र बनेर पत्रकार महासंघ राजनीतिक बक्तब्यवाजीमा भने निकै अगाडि देखिएको छ।
पछिल्लो पटक महासंघको लेटरप्याडकै बदनाम हुने गरी सम्माननीय राष्ट्रपतिबिरुद्ध बिषबमन गर्दै बक्तब्य जारी गर्ने, संविधानको मर्यादाभन्दा बाहिर गएर राष्ट्रपतिबिरुद्ध बक्तब्य दिने उपराष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक कामप्रति केही नबोल्ने तथा सम्माननीय प्रधानन्यायाधीशलाई सरकारी निवासमै नजरबन्द गर्दा पनि नबोल्ने काम आफैमा खेदजनक छ । यी कार्यहरुले पत्रकार महासंघ आफ्नो स्वतन्त्र छवि कायम गर्न सकिरहेको मात्रै होइन, अमुक राजनीतिक दलको मतियार बनेको तथ्य उजागर गर्दछ । प्रेस चौतारी नेपाल पत्रकार महासंघको यस्तो हर्कतप्रति कडा आपत्ति जनाउँदै आफ्ना गलत कामलाई तत्काल सच्याउन आग्रह गर्दछ । साथै श्रमजीवि पत्रकारको हितमा उभ्याउँदै आफ्नो साझा चरित्र कायम राख्न महासंघलाई सुझाव दिन चाहन्छ । नेपाल पत्रकार महासंघले आफूलाई राजनीतिक दलभन्दा अलग नराखी मुलुकका बैधानिक निकायमाथि यसैगरी निरन्तर आक्रमण गर्ने र नेपाली जनता र श्रमजीवि पत्रकारको शीर निहुऱ्याउने काम यथावत राखे प्रेस चौतारी नेपाल कठोर कदम चाल्न बाध्य हुने चेतावनीसमेत यसै बिज्ञप्तीमार्फत दिन चाहन्छ ।
बिज्ञप्तीमा चौचारीले भनेको छ : हामी चाहन्छौं नेपाल पत्रकार महासंघले आफनो गलत कदम सच्च्यावस, श्रमजीवि पत्रकारका लागि भरोसायोग्य संगठन बनोस् र आफ्नो साझा चरित्र कायम राख्दै राजनीति नगरोस् । हाम्रो यो सदासयतालाई कमजोरीका रुपमा लिए पत्रकार महासंघले गम्भीर मूल्य चुकाउनु पर्नेतर्फ पनि यसै बिज्ञप्तीमार्फत चेतावनीदिएको छ ।

No description available.