नेपाली कांग्रेस कमलामाई नगरसमितिले संस्थापक अध्यक्ष विशेश्वरप्रसाद कोइलाको १०९ औं जन्म जयन्ती बृक्षारोपण गरी मनाएको छ । नगरउपसभापति निता थापाले दिनुभएको जानकारी अनुसार पार्टीले रानिवासमा एक कार्यक्रमका बीच वृक्षारोपण गरिएको हो । सो कार्यक्रममा जिल्ला सभापति उपेन्द्रकुमार पोखरेल पूर्व सभापति उज्वलकुमार बराल, कृष्ण दाहाल, कांग्रेस नेतृ गंगा दाहाललगायतका नेता कार्यकर्ताहरुको उपस्थिति थियो । सो बृक्षारोपणका लागि नगर उपसभापति थापाले रुद्राक्षको बिरुवा उपलव्ध गराउनु भएको थियो ।













