सिन्धुलीका स्वर्णिम भविश्य बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १४ औं वर्षगाँठ भब्य रुपमा मनाएको छ । सहकारी संस्थाका अध्यक्ष कृष्णवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समिति संयोजक कृष्ण गौतमले वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने व्यवस्थापक मोहन श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
केन्द्रीय सहकारी संघकी लेखा समिति सदस्य विमला श्रेष्ठको प्रमुख आतिथ्यता, कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकालको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विषयगत सहकारी संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


