पानीराज बम्जन एमाओवादी सिन्धुलीको संयोजक चयन

सिन्धुली/नेकपा (माओवादी केन्द्र) का नेता एवम् युवा नेता पानीराज बम्जनलाई सिन्धुली जिल्ला संयोजक तोकेको छ । माओवादी केन्द्र बाग्मति प्रदेश कमिटीको हेटौडामा बसेको बैठकले बम्जनलाई संयोजकको जिम्मेवारी तोकेको हो ।
नेकपा माओवादी बाग्मति प्रदेश कमिटी सदस्यसमेत रहेका मरिण गाउँपालिकाका पूर्व अध्यक्ष बम्जनलाई संयोजकको जिम्मेवारी तोकेसँगै माओवादी केन्द्र निर्वाचनको तयारीमा लागेको देखिएको छ ।
बुधबार बसेको पार्टीको विस्तारित बैठकबाट बम्जनलाई संयोजकको जिम्मेवारी दिएको सचिव प्रकाश श्रेष्ठले प्रदेशखबरलाई जानकारी दिए ।