बाग्मती प्रदेशसभा सदस्य अन्तरगत सिन्धुली निर्वाचन क्षेत्र नं. १ (ख) बाट नेकपा एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्की सर्वसम्मत सिफारिस हुनु भएको छ । शुक्रबार भएको नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको दोस्रो बैठकले कार्कीलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा शिफारिशसँगै कार्की उम्मेदवार बन्ने करिव करिब निश्चित देखिएको छ । विगत भन्दा यस पटक पार्टीलाई अनुशासित र मर्यादित ढंगले उम्मेदवारी छनोटको बिधीलाई अगाडि बढाएको एमालले फिल्डमा बलिया मानिएका उम्मेदवारलाई पहिलो प्राथमिकता दिने देखिएको छ ।
आजको बैठकले बिभिन्न प्रस्तावहरु पारितगर्दै जनताको आधारभूत समस्याहरुसमेत गठबन्धन सरकाले पुरा गर्न नसकेको निश्कर्ष निकाले छ । परमादेशी सरकारका कारण नेपाली राष्टियता कमजोर बनेको र विदेशीहरुले हस्तक्षेप बढिरहेको, विकास निर्माणका कामहरु ठप्प भएको, भ्रष्टाचार बढेको तथा किसानहरुलाई समयमैं मल उपलव्ध गराउन नसकेकोमा खेद प्रस्ताव पारित गरेको छ ।
बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु गणेश पहाडी, विषमलाल अधिकारी, सुवास देवकोटा, प्रदेशसभा सदस्य प्रदीप कटुवाल, जिल्ला अध्यक्ष रामकुमार कार्कीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।











