कपिलाकोट/औषधी व्यवस्था विभागबाट आएको अनुगमन टोलीले मंगलवार मध्यान्ह मरिण क्षेत्रमा बिना दर्ता सञ्चालन रहेका औषधी पसलहरुमा छापामारी गरेको छ ।
एक्कासी आएको अनुगमन टोलीले कपिलाकोटमा रहेको एक औषधी पसल सिल गरेपछि अन्यत्रका औषधी पसलहरु बन्द गरेर सञ्चालकहरु हिंडेका थिए । त्यस क्षेत्रमा सञ्चालित आधा दर्जन मेडिकलहरु अबैध रुपमा सञ्चालना रहेको केहीले अन्य व्यक्तिकको फर्म भाडामा लिएर सञ्चालन गरेको एक स्थानीय वासिन्दाले जानकारी दिए ।
आज शिल गरिएको मेडिकलका सञ्चालकलाई बीरगञ्जमा सम्पर्कमा आउन भनिएको छ । अर्काे एक मेडिकलका सञ्चालकले प्रमाणपत्रधारी व्यक्ति काठमाडौं गएको भनेर जोगिएको थाहा लागेको छ ।
केही महिना अगाडि सिन्धुली सदरमुकाम र दुधौलीमा सञ्चालित अबैध मेडिकलहरुमा छापामारी गरेको औषधी व्यवस्था विभाग विरगञ्जको टोलीले सिल गरेका मेडिकलहरु नजराना बुझाएर फेरी सञ्चालान आएका थिए । दुधौली र सिन्धुलीका सिल गरिएका मेडिकल सञ्चालकहरु बर्दिवासमा रहेको बिनायक होटलमा बसेका औषधी व्यवस्था विभागको टोलीलाई नजराना बुझाएर फर्किएको आरोप लागेको थियो ।
सबै भन्दा बढी मेडिकल शिल गरिएको दुधौलीमा कारबाही गरिएको भनिएको एक साता बित्न नपाउँदै निर्बाध रुपमा सञ्चालनमा आएका थिए भने मरिण क्षेत्रका मेडिकलहरु अनुगमन आएको पूर्व सूचनाका आधारमा बन्द गरेर बसेका थिए । स्मरणीय छ: मरिण क्षेत्रमा सञ्चालित मेडिकलहरुमा एक जना पनि फर्मासिस्ट छैनन् र आफ्नै अनुमति पत्र पनि छैन । त्यसरी अबैध रुपमा सञ्चालित मेडिकल वारे गाउँपालिका बेखबर बनेको देखिएको छ । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ छापेको छ ।