सिन्धुलीको सिद्धबाबा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७८ मा पास आउट भएका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच वधाई ज्ञापन गरेको छ । विद्यालयले आज उनीहरुको उज्ज्वल भवष्यिका लागि शुभकामना आदानप्रदान गरेको हो । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मलकुमार घिमिरेको प्रमुख आतिथ्यता, कमलामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उज्ज्वलकुमार थापाको विशिष्ट आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार सुनुवारको सभाध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रम करिव २ घण्टासम्म सञ्चालन भएको थियो । उक्त अवसरमा कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा सदस्य श्री खड्गध्वज कार्कीबाट विद्यालयको सेमिनार हलका लागि ३० वटा प्लास्टिकको कुर्सी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार सुनुवार र प्रधानाध्यापक टोमप्रसाद काफ्ले मार्फत हस्तान्तरण गर्नुभयो ।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेले आफ्नो ५० औँ जन्मोत्सवको उपलक्ष्यमा उहाँकी धर्मपत्नी विणु दाहाल काफ्लेले विद्यालयको सेमिनार हलमा राख्नको लागि करिब १२ हजार रुपैयाँ बराबरको १५ वटा प्लास्टिकको कुर्सी हस्तान्तरण गर्नुभयो ।
विद्यालयको शैक्षकि सत्र २०६७ र २०६८ मा कक्षा ११ र १२ मा अध्ययन गर्ने पूर्व विद्यार्थी, हाल कृषि विकास बैंकमा पाँचौं तहमा कार्यरत कर्मचारी काठमाडौं काठमाडौ बुढानिलकण्ठ निवासी विणा दाहाल भट्टराई मार्फत विद्यालयको सेमिनार हलमा राख्नका लागि करिब २० हजार बराबरको २५ वटा प्लास्टिकको कुर्सी आफन्तजन मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनुवार र प्रधानाध्यापक काफ्ले मार्फत विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मलकुमार घिमिरे, वडाध्यक्ष थापा र सिद्धेश्वर खानेपानी तथा सररफाई उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले मायाँको चिनो तथा अविर लगाएर विद्यार्थीहरुलाई वधाई तथा शुभकामना दिनुभएको थियो ।
त्यसैगरी आउँदै शिक्षाको बाटो कस्तो दिनुपर्छ भन्ने विषयमा एससिटआइएका प्रशिक्षक तेजविक्रम थापाले भर्खरै एसईई पास भएका विद्यार्थीहरुदाई उच्च शिक्षाका लागि विषय छनोट गर्न सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।















