फरार सुब्बा पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले फरार एक प्रतिविदीलाई बुधबार पक्राउ गरेको छ । वन पैदावार मुद्दामा फरार रहेका प्रतिबादीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पक्राउ पर्नेमा कमलामाई नगरपालिका ६ का ४२ बर्षिय सुब्बा मोक्तान रहेका छन् । प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाका अनुसार फरार रहेका सुब्बा कमलामाई ६ बुधबारे हटिया क्षेत्रमा हिड्दै गरेको अबस्थामा पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ परेका मोक्तानलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत सिन्धुलीमा पेश गरेको छ । सुब्बालाई जिल्ल अदालत सिन्धुलीको २०७८ मंसिर २१ गतेको फैसलाले ८ दिन कैद फैसला गरेको थियो ।