गुणस्तरहिन सडक निर्माण भएपछि स्थानीय चिन्तित

गोलन्जोर गाउँपालिका वडा नंं मा रहेको आरुखोला, चैनपुर डाँडागाउँ सडक ठेकेदार कम्पनीले गुणस्तरहिन काम गरेपछि स्थानीय वासिन्दाहरु चिन्तित बनेकाछन् ।
लालिगुराँस कन्ट्रक्सन कम्पनीसँग भएको संझौता अनुसारको काम नगरी कर्मचारीकै मिलेमतोमा गुणस्तरहिन काम गरेको आरोप स्थानीयले लगाएका छन् । स्थानीय वासिन्दाले पटक पटक गुणस्तरहिन काम गरेपछि गाउँपालिकाको प्राविधिकहरुलाई जानकारी गराएपनि बेवास्ता गरिएको बताए । १ करोड ७२ लाख ४७ हजार १ सय ५४ रुपैयाँ लागतमा निर्माण संझौता भएपनि संझौता अनुसारको काम नभएको स्थानीय वासिन्दाहरुले बताएका हुन् ।

No description available.