सिन्धुलीको सुनकोसी गाउँपालिकाले ६० करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष दिपा दाहालले आर्थिक बर्ष २०७९ र ०८० को नीति तथा कार्यक्रमका लागि सो रकम बिनियोज गर्नुभएको हो ।
असार १० गते सार्वजनिक गरिएको बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको देखिएको छ । जस अनुसार पालिकाले ८ करोड १५ लाख ६७ हजार ९सय ४५ पैतालिस रुपैयाँ बिनियोजनगरेसँगै शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको देखिएको हो ।
बिहिवार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्र अन्र्तगत असहाय वालवालिकालाई लक्षितगर्दै आवासिय विद्यालय सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसैगरी आफ्नो पालिका भित्रका वालवालिकालाई उच्च शिक्षा हाँसिल गर्नका लागि पालिकाको तर्फबाट छात्रवृद्धि उपलव्ध गराउनुका साथै पालिकामा गुणस्तरिय शिक्षा प्रदान गर्न आवश्कय सबै उपायहरु उबलम्मन गर्ने भनिएको छ । त्यसैगरी पालिकामा विद्यालय छोड्ने दरलाई शुन्यमा झार्ने कार्यक्रमलाई कडाइका साथ कार्यान्वय गरिने नीति तथा कार्यक्रमले सुनकोशी गाउँपालिकाले शिक्षा क्षेत्रलाई महत्व दिएको प्रष्ट पारेको अध्यक्ष दिपा दाहालले बताउनुभयो ।
त्यसैगरी सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क रुपमा सेनिटरप्याड उपलव्ध गराइनुका साथै प्राकृतिक प्रकोप, महामारीबाट उत्पन्न विपदका कारण विद्यालयका संरचनामा हुने क्षति, शिक्षण सिकाईमा हुने अवरोध, विद्यार्थीले विद्यालय छाड्ने बाध्य हुने अवस्था न्यूनीकरण गरी नियमित र भय रहित पठनपाठन गर्न उत्थानशील शिक्षा नीतिको अवलम्बन गरिनेछ ।
नीति तथा कार्यक्रममामा समावेश गरिएका कामहरुलाई बजेटमा समेटेर जनमुखी कामहरु अगाडि बढाइएको चिरञ्जीवी दाहालले प्रदेशखवरलाई जानकारी दिए । उनका अनुसार
विपन्न परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमा, १५ शैथ्याको अस्पताल निर्माण गर्नेजस्ता नवितम् कार्यकक्रम अगाडि बढाइएको हो ।