लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर ५ स्थित एकराज बस्नेतको घरमा गएर बिहानै हुलदंगा गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

मन्त्रीजस्तो गरिमामय पदमा रहेकी विमलाले एकाविहानै सर्वसाधारणको घरमा पसेर ताण्डव मच्चाएपछि स्थानीयले उनलाई कालोमोसो दलौं भन्दैगर्दा प्रहरीले राज्यमन्त्री ओलीलाई नियन्त्रणमा लिएको हो । 

एकराजको घरमा गएर उनका परिवारसँग झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

एकराजकी श्रीमती मीनाले आफूलाई राज्यमन्त्री बिमलाले हातपात गरेको बताएकी छन् । राज्यमन्त्री वली स्थानीय टोल विकास समितिका अध्यक्ष प्रेम गिरीले प्रहरीलाई खबर गरेका थिए ।