अमेरिकाको टेक्सास राज्यमा गर्भपतनमा कडा प्रतिबन्ध छ । तर, बन्दुक बोक्नमा कुनै कडाइ छैन । बन्दुकजन्य हतियारमा असीमित स्वतन्त्रता, शक्ति, वर्चस्व, पुलिसिङबाट बनेको मर्दानगीको विचित्र संस्करणका प्रतीक हुन् जसमा प्रत्येक बन्दुकधारी कमाण्डर हो र जो कोही पनि सम्भावित लक्ष्य हुन सक्छ । उसले युद्ध चलाउँछ र बन्दुक मालिकको अधिकार विस्तार हुन्छ । अहिलेसम्म कसैलाई पनि सुरक्षित हुने अधिकार छैन । अहिले यो श्वेत सर्वोच्चतावादी युद्ध पथको हिस्सा भएको अमेरिकाको गार्जियन पत्रिकाले लेखेको छ ।
जहाँ पनि यसका हतियारहरू चलाइएको छ मानौ कि त्यो युद्ध क्षेत्र हो र यसलाई संयुक्त राज्य अमेरिका युद्धको चपेटामा रहेको अर्को तरिकाको रूपमा हेर्न सकिने उक्त टिप्पणीमा उल्लेख छ ।
अमेरिकामा दिनानु हुने बन्दिकधारीको आक्रमण र त्यस्ता आक्रमणको तारो अश्वेत नागरिक हुने गरेको पृष्ठभूमिमा यस्तो टिप्पणी सार्वजनिक भएको हो ।
अमेरिकी बालबालिकाहरूमा बन्दुक हिंसाको बढ्दो सङ्ख्या
गत मे २४ मा टेक्सासमा भएको सामूहिक गोलीकाण्डको ठीक अघि र पछिका दिनहरूमा अमेरिको बालबालिकामा परेको असरका बारेमा खोज अनुसन्धान भएको छ । मे २४ को घटनामा विद्यालय पढ्ने १९ बालबालिकाहरू मारिएका थिए । चिकित्सा विशेषज्ञहरूले अमेरिकी बालबालिका र किशोरकिशोरीहरूमा हुने टोल बन्दुक हिंसालाई हाइलाइट गर्ने दुई टिप्पणीहरू प्रकाशित गरेका इण्डियन एक्स्प्रेसले लेखेको छ ।
उक्त अनुसन्धान प्रतिवेदन अनुसार अमेरिकामा १९ वर्षभन्दा कम उमेर समूहका मानिसहरूको मृत्युको प्रमुख कारण बन्दुकजन्य हिंसा हो । हालै रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रहरूले जारी गरेको तथ्याङ्कले उक्त कुरा दर्शाएको हो । सीआरआई










