मुल्यबृद्धि बिरुद्ध सिन्धुलीमा एमाले सम्बद्ध युवा विद्यार्थीको मसाल जुलुस प्रदर्शन

इन्धन र पेट्रोलियम पदार्थमा सरकारले गरेको लगातार मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा अनेरास्ववियु र युवासंघले बुधवार साँझ सिन्धुलीमाढीमा मसाल जुलुस निकालेको छ । एमाले पार्टी कार्यालय सिन्धुलीबाट सुरु भएको मसाल जुलुस दुई नम्बर बजार, एक नम्बर बजार, स्टल बजार हुँदै जुनार स्तम्भमा पुगेर कोण सभामा परिणत भएको थियो ।


अनेरास्ववियु सिन्धुलीका अध्यक्ष कृष्ण मोक्तानले कोण सभालाई सम्बोधन गर्दै मूल्य बृद्धि फिर्ता नगरे सम्म चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो । सरकारले निरन्तर मूल्यवृद्धि गरेर चुनावमा गरेको खर्च उठाउन लागेको भन्दै परमादेशको सरकारका कारण जनतालाई दुःख दिएको बताउँदै सम्पूर्ण नेपाली नागरिकले यो सरकार र सरकारका कार्यको विरोध गर्नु पर्ने बताउनुभयो ।

No description available.


मसाल खोस्न खोजेको प्रहरीलाई विद्यार्थी र युवाले प्रहरीलाई एउटा पनि मसाल खोस्न दिएनन् । कोणसभामा मसाल विसर्जनका वेला निभाउन खोज्दा युवा र विद्यार्थी नेताले प्रहरीको बाल्टिन नै खोसेर पानी पोखिदिएका थिए । मसाल जुलुस पछि कोडसभामा रहेको मसाल कार्यक्रम पश्चात युवा र विद्यार्थी नेताहरुले सरसफाई गरेका थिए ।

No description available.
May be an image of 1 person, standing and outdoors
May be an image of 6 people and people standing