चुनाबी प्रतिस्पर्धामा अग्र स्थानमा देखिएका तिनपाटन गाउँपालिका अध्यक्षका उम्मेदवार छत्रबहादुर दाहाल को हुन् ?

नेकपा एमालेका तर्फबाट तीनपाटन गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका छत्र दाहाल अहिले चुनाबी प्रतिस्पर्धामा अग्र स्थानमा देखिएका छन् ।तीनपाटनका पूर्व अध्यक्ष तथा अहिले नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका प्रत्यासी बनेका कणर्वहादुर थापा भन्दा अगाडि देखिएको दाहालको राजनैतिक जीवन वारे हामीले आम पाठकहरु समक्ष पस्केका छौं । जिल्लाको साविक वेलघारी गाउँ विकास समिति २ भुकुनेमा २०२७ सालमा छत्रबहादुर दाहालको जन्म भयो । छत्र दाहालको बाल्यकाल गाउँमा नै वित्यो । ग्रामिण क्षेत्रमा जन्मनु भएका छत्र साथीसंगै गाउँमा नै प्रारम्भिक शिक्षा गाउँमा नै सम्पन्न गर्नुभयो ।

गाउँमा नै रहेको चन्द्रावती माध्यमिक वेलघारीबाट एस.एल.सि पास भएपछि उहाँ वि.सं. २०४६ सालमा उच्च शिक्षा हासिलका लागि जनकपुर प्रस्थान गर्नुभयो । बामपन्थी विद्यार्थी राजनैतिक जिवनको यात्रा प्रारम्भ गर्नु भएका दाहालले रारा बहुमुखी क्याम्पसबाट पोल्टिकल साइन्समा आईए सम्मको शिक्षा हासिल गर्नुभयो ।

एक सालीन, भद्र, अत्यन्त ईमान्दार व्यक्तिको रुपमा परिचित छत्र दाहाल उच्च शिक्षाको अध्यनकै क्रममा गाउँको विकास गर्न भन्दै गाउँमा नै फर्कनु भयो । पढेलेखेका युवा जनशक्ति गाउँमा नै राखेर ग्रमिण क्षेत्रको विकास र परिवर्तन गर्न सकिने संकल्प बोकेर आउनु भएका दाहालले परिर्वतन गर्ने अवसर पनि प्राप्त गर्नुभयो । सवैका विश्वासिला पत्रको रुपमा पहिचान बनाउन सफल हुनुभएका उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा साविक वेलघारी गाविसको अध्यक्षमा २०४९ सालमा नेपाली कांग्रेसबाट निर्वाचित इश्वरी अधिकारीलाई पछि पार्दै भारी मतका साथ जनताबाट अनुमोदित हुनुभयो । जनताबाट विजयी हासिल पछि गाउँका आधारभूत कुराहरु पुरा गर्न थाल्नु भएका दाहालले वेलघारीका सवै बालबालिकालाई शिक्षाको दायरामा ल्याउन प्राथमिक विद्यालयहरुको स्थापना, भएका विद्यालयहरुको स्तरोन्ती, स्वास्थ्य केन्द्रको स्थापना र स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्नुभयो ।

खानेपानिको पहुँचमा नभएका नागरिकका लागि खानेपनिको प्रबन्ध, सडक विस्तारको लागि पहल लगाएतका थुप्रै विकासका काम गर्नु भएका दाहाल वेलघारीमा लोकप्रिय बन्नु भयो ।

उहाँले आफ्नो कार्यकालमा नदि नियन्त्रण, तटबन्धको व्यवस्था गर्नुभयो । जनताले दिएको विश्वासले गाविस अध्यक्ष पदमा निर्वाचित हुनु भएका उहाँले कुशलतापुर्वक कार्यकाल व्यययतित गर्नू भयो । गाउँको विकास गर्ने सवालमा उहाँ कहिल्यैपनि विवादीत व्यक्ति बन्नु भएन । उहाँमा प्रशासनिक ज्ञानको पनि अनुभब रहेको छ । जसले गर्दा सिंगो बेलघारी बासिको मात्र नभएर सिंगो गाउँपालिका कै विश्वास पत्रको रुपमा आफुलाई स्थापित गराउन सफल हुनु भएको छ ।

दाहाल बिं.सं.२०४७ साल देखी निरन्तर रुपमा राजनैतिक यात्रामा लागि रहनु भएका एक निडर, विकासप्रेमी, कुशल व्यक्तित्वको रुपमा चिनिनु हुन्छ । पार्टीको ७ नम्बर इलाका कमिटि सचिव, जिल्ला कमिटि सचिवालय सदस्य हुदै तीनपाटन गाउँ कमिटीको अध्यक्ष हुनुहुन्छ ।

“समृद्ध गाउपालिका र सुखी गाउपालिकाबासी” को सपना पुरा गर्न हरतरहले प्रयत्नशील रहने विश्वास दिलाउदै दाहाल सुशासन, स्थानीय उत्पादनमा बुद्धि, रोजगारिका अवसरहरुको सिर्जना, आत्मनिर्भर अर्थतन्त्रको विकास नै समृद्धिको आधारशीला भएकाले स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रही यस क्षेत्रको विकासमा सदैव क्रियाशील रहने भन्दै तिनपाटन गाउँपालिका अध्यक्ष पदको लागि नेकपा (एमाले) बाट अध्यक्षको उम्मेदवार बन्नु एको छ । स्थानीय निर्वाचनको यस ऐतिहासिक अवसरमा नेकपा एमालेको तर्फबाट समृद्ध र सबल गाउपालिका निर्माणका निम्ति प्रतिबद्धता र सङ्कल्प सहित उहाँ अध्यक्षका लागि चुनावि मैदानमा होमिनु भएको छ । एक शिक्षित, अनुभवी, विकासप्रेमी, मिलन्सार र शालिन व्यक्तिको विजयले सिंगो गाउँपालिका बासिका लागि सुखद पक्षको आरम्भ हो ।