सिन्धुलीमा प्रहरी प्रशासन नै निर्वाचन विथोल्न खोज्दै

नेकपा (एमाले ) सिन्धुलीले एक प्रेश विज्ञप्ती जारी गर्दै जिल्लाको प्रहरी प्रशासन पुणर् रुपमा सत्ता पक्षको चाकडीमा लागेको प्रति आपत्ति जनाएको छ । मंगलबार जारी गरेको विज्ञप्ती मार्फत प्रशासनको एमाले प्रतिको गलत व्यवहारको भत्सना गरेको छ ।

निर्वाचनको प्रचार प्रसारको शिलसिलामा सिन्धुलीको दुधौली नगरपालिकाको वडा नं.२ मा बैशाख १५ गते साँझ नेपाली कांग्रेसका कार्यकर्ताको संघातीक आक्रमणबाट नेकपा एमालेका कार्यकर्ता शिव धामी घाइते हुनुका साथै निजको स्कुटर तोडफोड गरिदिए पछि सुरु भएको दुबै पार्टीका कार्यकर्ताको सामुहिक झडपको बिषयलाई लिएर सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर्ने भनि प्रशासनको समन्वयमा छलफल चली रहेको अवस्थामा, राज्यसत्ता शक्तिको दुरुपयोग गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपा एमालेलाई निर्वाचनको गतिविधिबाट निस्कृय बनाउने कुनियतले त्यस स्थानका हाम्रा निर्दोष नेता कार्यकर्तालाई झुट्ठा मुद्दा लगाउने प्रयत्न गरेको जिल्ला अध्यक्ष रामकुमार कार्की र सचिव नारायण बरालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएके छ । शम्भुदिप अधिकारी डकाहा इलाका प्रहरी कार्यालयमा घटनाको बारेमा बुझ्न जाँदा प्रहरीसँग मुख लागेको भनि अभद्रव्यवहारको मुद्दा लगाइ हाल सम्म थुनामा राखेको छ । प्रहरी प्रशासन पुणर् रुपमा सत्ता पक्षको चाकडीमा लागेको र कांग्रेसको क्षेतीलाई लिएर प्रहरीले प्रतिवेदन दिइ एमालेका २५ जना नेता कार्यकर्तालाई मुद्दा चलाउने तयारी भएको छ भने एमाले तर्फको क्षेतीलाई देखेर पनि नदेखे जस्तो गरी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पंचायती कुव्यवस्थाको अनुभुती हुने गरी आफै कुटपिट कार्यमा उत्रीने र त्यसको प्रतिवाद गर्दा उल्टै एक पक्षीय रुपमा मुद्दा लगाउने प्रयास भएको छ । सो कार्य तत्काल बन्द गरी, पक्राउ गरिएका एमाले कार्यकर्ता शम्भुदिप अधिकारीको सिघ्र रिहाइ गरि शान्तिपुणर् वातावरणमा निर्वाचनको गतिविधिमा नेकपा एमालेलाई सामेल हुने वातावरण सृजना गर्न एमाले सिन्धुलीले प्रशासन समक्ष माग गरेको छ ।

यस घट्नालाई थप बढावा नदिइ छलफल वार्ताको माध्यम निकासमा पुग्न हामी सदैब तयार रहेको र सालिनतापूर्वक गरिएको आग्रहलाई प्रशासनले कमजोरी ठानी दमनको निति अख्तियार गरेमा त्यसबाट सृजना हुने जाटेल परिस्थितीको जिम्मेवार प्रशासन स्वयंम हुनु पर्ने विज्ञप्तीमा भनिएको छ । प्रहरी, प्रशासनको विभेदबाट जस्तो सुकै कठिन परिस्थिती आइ परे पनि सामना गर्दै निर्वाचनको प्रचार प्रसारमा सामेल हुन सबै नेता कार्यकर्ता साथिहरुमा अनुरोध गर्दै न्यायपुणर् यो अभियानमा नेकपा एमालेलाई साथ सहयोग दिन सम्पुणर् जनसमुदायमा एमालेले अपिल गरेको छ ।