वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमामतमाग्न घरदैलो अभियानअन्र्तगतकमलामाई नगरपालिका वडा नं. १२ पुगेका नेकपा एमालेका उम्मेदवार महेन्द्रदेवश्रेष्ठलाई साथदिदै वडाका एमाले समर्थक कार्यकर्ताहरुले ४ घण्टा पैदलयात्रा गरेका छन् ।
चुनावि कार्यक्रम लिएर २० गते बेलुका नै वडा नंं १२ को मरङ्गेसम्म पुगेका मेयरकाउम्मेदवार श्रेष्ठ, उपमेयरका उम्मेदवार मञ्जु देवकोटा, १२ नं. वडाको वडा अध्यक्षका उम्मेदवार भिम बहादुर गुर्मछानसहित वडा सदस्यहरु एमाले गाउँ कमिटीका पदाधिकारी अघिल्लो निर्वाचनमा वडाबाट निर्वाचित एमालेका जनप्रतिनिधिलगायतको चुनावि टोलिले २१ गते विहानै वडाको बुदुनाखोलाबाट पैदल चुनाविअभियान सुरु गरेका थिए । सयौको संख्यामा रहेका एमाले कार्यकर्ताहरुले तिनतले, बेसारेवेसी, मोरङ्गे, सिक्रे, बेलबोटे, फलामे, बाँझे हुदै ४ घण्टाको पैदलयात्रा तय गरेर सुनडाँडा स्थित वडा कार्यालय नजिकै रहेको चौरमापुगेर पार्टीको चुनावि सभामा सहभागिताजनाएकाथिए ।
विहान ९ बजे बुधुनाबाट सुरु भएको र्यालि सहितको घर दैलो अभियानमाएमाले केन्द्रिय सदस्यतथाजिल्ला सह ईन्चार्ज उमा कोइराला, केन्द्रिय सल्लाहकार सदस्य केशव देवकोटा, बागमतीप्रदेश सदस्यविनोद खड्का, कमलामाई नगरपालिका मेयर खड्ग बहादुर खत्रीलगायतकादर्जनौ एमालेका नेताहरुले समेत पदैदलयात्रामा सहभागिताजनाएकाथिए । चुनाविअभियानकालागिगाडीको व्यवस्थागरिएको भएपनि पार्टी सर्मथककार्यकर्ताहरु ठूलो संख्यामाउपस्थित भएपछि नेताहरु पनि पैदल नै घर दैलो अभियानमा सहभागिभएकाहुन । गत स्थानीयतहको निर्वाचनमापनि वडा नंं १२ का एमाले समर्थकहरुले यसैगरि पैदल नै र्याली गरेर घर दैलो अभियान सफलपारेको गाउँ कमिटि अध्यक्षओम प्रसाद दाहालले बताउनु भयो । पार्टी प्रति प्रतिबद्ध कार्यकर्ताहरुले चुनाविमाहोलमा एक दिनहिन्नदुःखनमान्ने र विपक्षिकालागिशक्तिप्रदर्शन पनिहुने भएकाले आफुहरुले घर दैलो अभियानमा सबैलाई पैदल हिडाउने योजनाबनाएको उहाँले बताउनु भयो ।
पैदल र्यालि पछि आयोजित कोण सभालाई सम्बोधनगर्दै मेयर पदकाउम्मेदवार महेन्द्रदेव श्रेष्ठ वडा नं. १२ कमलामाई नगरपालिकाकै सबैभन्दाविकट वडा भएकाले सबै वडामा आफुले बार्षिक दुई करोड बजेट सुनिश्चितगर्ने कुरा घोषणा पत्रमाउल्लेख गरेकोभएपनि वडा नंं १२ भने २ करोड ५० लाख बजेट आउने बातावरण मिलाउने प्रतिबद्धता व्यक्तगर्नु भयो । त्यस्तै श्रेष्ठले आफूले प्रतिबद्धता पत्रमाउल्लेख गरेको दुईवटा नगर नमुनाविद्यालयमध्यको एक विद्यालयपनिपालिकाकोदुर्गम यहि १२ नं. वडामा स्थापनागर्ने सोच बनाएको बताउनु भयो । उहाँले भौगोलिक विकटका कारण वडा नं. १२ मा सडक सुधारका कार्यक्रमव्यापक रुपमा सञ्चालनगर्नु पर्ने आवश्यकता देखिएको भन्दै त्यसलाई आफूले गम्भिर रुपमालिएको बताउनु भयो । कृषिको आधुनिकिकरण, सिंचाईको प्रबन्ध, बाख्रापालकालागि समेत वडा उपयुक्तभएकाले योजनाबद्ध रुपले कार्यक्रमहरु कार्यान्वयनगरिने बताउनु भयो ।
उपमेयर पदकाउम्मेदवार मञ्जु देवकोटाले हिंसा मुक्तनगर बनाउनआफू प्रतिबद्ध रहेको बताउदै सामाजिकन्याय, महिलाअधिकार र विकास निर्माणका काममाविगतमापनिआफूले उप मेयरको भूमिकामा सक्दो काम गरेको र आगामीदिनमापनि सक्रिय रहने प्रतिबद्धता जनाउनु भयो । बागमतीप्रदेश सदस्यविनोद खड्काले आफूले प्रदेश सरकारको बजेटबाट वडामा विभिन्न सडक आयोजनाहरुको ट्रयाक खोल्ने र स्तरोन्नतीगर्ने कार्य गरेको स्मरण गर्दै वडाका जनताले माग गरेका विभिन्न सडकहरु र सिंचाई कुलो माआगामी बजेटबाट थप रकमविनियोजन गर्ने प्रतिबद्धता व्यक्तगर्नु भयो ।