एमाओवादी अध्यक्षपदबाट राजिनामा दिनुभएका बुढाथोकी भन्नुहुन्छः क्रान्तिकारी कम्युनिस्ट पार्टी ,न त राष्ट्रवादी शक्ति न त देश भक्ति शक्ति भन्न सकिने अबस्था रह्यो

मैले आदरणीय मित्र ,मान्यजनहरुको कमेन्ट हेरें । आआफ्नो चेतनाको स्तरअनुसार कमेन्ट गरिन्छ । त्यसलाई म धन्यवाद दिन्छु । किनकि जस्ले जे लेखे पनि ममा पचाउने क्षमता बनेको छ । तर निर्वाचनमा टिकट मेरो लागि केही होइन । सोध्नु होला मैले कुनै पनि नेता महोदयसँग लुन मलाई सहयोग गर्नु प¥यो भनेको पनि छैन ।
ममा जि हजुरी गर्ने स्वभाब कहिल्यै बनेन पनि । म कम्युनिस्ट पार्टीको २०३५ साल देखि अनेरास्ववियु (छैटौं) बाट राजनीति सुरु गर्दै सायद आजको दिनसम्म कुनैकुनै जनबर्गिय सँगठन, पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै आएको छु । जब पार्टीले अमेरिकी सहायता परियोजना एमसिसी टेवल गर्न लगायो र पास पनि ग¥यो । त्यस दिन देखि मसंलग्न रहेको पार्टी नत क्रान्तिकारी कम्युनिस्ट पार्टी ,न त राष्ट्रवादी शक्ति न त देश भक्ति शक्ति भन्न सकिने अबस्था रह्यो ।
त्यसपछि मैले मेरा मित्रहरुलाई भन्दै पनि अएको थिएँ ,म यस पार्टीमा नरहन पनि सक्छु है भनेर । तर म पार्टी अध्यक्ष भएकोले निर्वाचनको प्रक्रिया पुरा गरि दिउँ भन्ने लागेर प्रदेश कार्यलयको सर्कुलर अनुसार ढिला ढालो नगरि निर्वाचनका आकाँक्षिहरुको चैत्र २९ गते नै नामाबली जिल्ला समन्वय समिति र प्रदेश कमिटीमा पठाए पछि लगभग मेरो कर्तव्य पुरा गरें । उमेदवार तोक्ने काम माथिल्लो कमिटीको, भोट मागेर जित्ने जिताउने काम उम्मेदवार र साथमा रहनुहुने साथिहरुको हुने भएकोले प्राबिधिक काम पुरा गरि दिएर बिदा लिएको हुँ ।
मैले पटक पटक भनेकै हुँ जुन दिनसम्म रहन्छु त्यस दिनसम्म इमान्दारी पूर्वक काम गर्ने छु । मैंले भने अनुसार गरेँ पनि । कमेन्टलाई सुझावको रुपमा लिनेछु । सक्दो कमेन्ट धित खोलेर लेख्नु होला । ती सबैले केहि नैं केही ज्ञान थपिनेछ भन्ने लाग्छ मलाई । फेरि पनि म कम्युनिस्ट पार्टीको सदस्यको कर्तव्य बिर्सने छैन ।

गोपाल बुढाथोकी